बिदुरः अविरल वर्षात्पछि आएको बाढीले क्षति गरेको नुवाकोटको वुहुनीवेशीमा पिउने पानीको संरचना वगाएपछि तत्काल पाइप प्रदान गरिएको छ । विदुर नगरपालिकाकाले उक्त स्थानको खहरेखोलामा आएको बाढीले पिउने पानीस्लगायतका संरचना वगाएपछि वुधवार पाइप उपलव्ध गराएको हो ।


विदुर नपाका मेयर राजन श्रेष्लगायतको प्राविधिक टोलीले बाढीले क्षतिग्रस्त स्थानको वुधवारै स्थलगत अवलोकन निरीक्षण गरेका छन् । गत असोज १८ गतेको अबिरल वर्षातका कारण विदुर नपा –६ स्थित बुहुनीबेशीँमा खहरे खोलामा आएको बाढीबाट बस्ती, खेतीयोग्य उर्वरभूमि, खानेपानी, सिँचाइ कुलो लगायतका संरचनाहरु क्षतिग्रस्त वनाएको थियो ।

बाढीले गरेको क्षतिको पुनर्निर्माण तथा जोखिम नियन्त्रणका लागि मेयर श्रेष्ठको टोलीले स्थलगत अवलोकन गरि अस्थायी रुपमा पिउने पानी सन्चालनका लागि स्थानीयवासीलाई पाइप हस्तान्तरण गरेको छ । बाढीले मुहानमा पुगेको क्षतिको कारण उत्पन्न भएको खानेपानीको चरम समस्या समाधानका लागि तत्काल पानी आपूर्तिका लागि आवस्यक पाइप उपलब्ध गराइएको मेयर श्रेष्ठको भनाई छ ।

खहरे खोलाले गरेको क्षतिको पुनर्निर्माण, संरक्षण तथा खोला नियन्त्रणका लागि थप बजेट आवश्यक पर्ने भएकाले मेयर श्रेष्ठले तत्काल नगरपालिकाका प्राविधिकमार्फत विस्तृत अध्ययन गरी माथिल्ला निकायसँग साझेदारीमा पुर्ननिर्माण कार्य अघि बढाउने प्रतिबद्धतासमेत जनाएको विदुर नपा कार्यालयले जनाएको छ ।






