बिदुरः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नुवाकोटको १४ औं साधारण सभा तथा सातौं अधिवेसन विदुरमा सम्पन्न भएको छ । अधिवेसनले नयां कार्य समिति चयन गरेको छ ।
अधिवेसनका अवसरमा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि बिदुरकी सन्तोषी कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयां कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ ।


अधिवेसनले प्रथम उपाध्यक्षमा राजु रिजाल, द्वितिय उपाध्यक्षमा अर्जुन कोइराला, महिला उपाध्यक्षमा मन्दाकिनी रिमाल, सचिवमा रमेश गिरी, सह–सचिवमा सृजना नेपाल, कोषाध्यक्षमा सरोजजंग थापा र सह–कोशाध्यक्षमा वासु कोइरालालाई निर्विरोध चयन गरेको छ । अधिवेसनले सदस्यहरुमा दुर्गा थापा, सुनीता सिलवाल (पाण्डे), कल्पना घिमिरे, साबित्री बख्रेल, पबित्रा ओझा, गोमा अधिकारी र शारदा बस्नेतलाई चयन गरेको छ ।

थप १० जना सदस्यहरु कार्य समितिको पहिलो वैठकले मनोनित गरिने जनाइएको छ । यसअघि अधिवेसनको उद्घाटन प्रमुख अतिथी तथा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार उज्जवलजंग ठकुरीले उद्घाटन गरे । उनले देशको पहिचान, संस्कृति र सामाजिक संस्कारको संरक्षणमा लोक दोहोरी गीतको भुमिका रहेको वताए । कार्यक्रममा प्रतिष्ठानका वागमति प्रदेश महासचिव राजकुमार रिजाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममान संस्थापक अध्यक्ष दामोदर खतिवडा, पुर्व अध्यक्ष उद्धव कार्की, सुवास शर्मारिजाल, निवर्तमान अध्यक्ष विमला वस्नेत, पुर्व वागमति प्रदेश कार्य समिति अध्यक्ष किरणप्रसाद अधिकारीलाई आयोजकले सम्मान गरेको छ । प्रतिष्ठानको नुवाकोटमा एकसय ५० जना साधारण सदस्य रहेका छन्भने लोकदोहोरी गतिसंगीतलाई नयां उचाइमा पु¥याउन आफुले विशेष कार्य गर्ने अध्यक्ष सन्तोषी कार्कीले वताइन् ।












