बिदुरः नुवाकोटको तारुकामा रहेका एक विद्यालयलाई आधुनिक शैक्षिक सामग्रीहरु उपलवध भएको छ । विद्यालयमा पुर्व विद्यार्थीहरुले ति सामग्रीहरु उपलव्ध गराएका हुन् ।


तारकेश्वर गाउंपालिका २ तारुकामा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयलाई विद्यार्थीहरुका सुविधा लागि सात प्रकारका सामग्रीहरु प्राप्त भएको हो । विद्यालयलाई पुर्व विद्यार्थीहरुको समन्वयमा एकहजार लिटर क्षमताको पानी ट्याङ्की एक थान, टेलिस्कोप दुई थान, फिल्टर एक थान तथा खेलकुद सामग्रीहरुमा फुटवल चार थान, भलिवल दुई थान, व्याडिमिन्टन एक सेट, नेटजालीलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

यसवाट विद्यालयमा विद्यार्थीहरु तथा शिक्षकहरुलाई अध्ययन अध्यापनमासमेत सुविधा पुगेको प्रधानाध्यापक जनकमान प्रधानको भनाई छ । स्थानीय पुर्व विद्यार्थी विकल केसीले आफुले सामाजिक संस्था इभोड्रप र उमन्टु मुभमेण्ट नेपालसंग गरेको अनुरोधमा उक्त सहयोग प्राप्त भएको र सहयोगलाई निरन्तरता गरिने वताए ।












