बिदुरः नुवाकोटका विभिन्न विद्यालयहरुलाई खेल सामग्री प्रदान गरिएको छ । एकैपटक विभिन्न ४० विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको हो ।


फुटवल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तरगत आधारभुत र मावि गरि ४० वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरेको हो । फुटवल संघका केन्द्रीय केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र दावा लामा, विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकार, विदुर नगर खेलकुद विकास समिति अध्यक्ष अच्युतराज महन्तगिरीलगायतले फुटबल हस्तान्तरण गरेका हुन् ।

‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम अन्तर्गत नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेलमैदानबट्टारमा आयोजना गरिएको कार्यक्रममा ४० विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर स्कुल्स कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखिएको एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकारले बताए ।






