बिदुरः विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा जिल्लास्तरिय अन्तर विद्यालयमा फुटवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि १६ विद्यालयको २० टिमको दर्ता भएको छ । नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा यहि शुक्रवारदेखि यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिता आगामी मंसिर २ गतेसम्म संचालन हुनेछ ।


फुटबललाई बलियो बनाउने आधार नै विद्यालयका विद्यार्थीहरु रहेको कारण फुटवलललार्य मजवुत वनाउन आयोजित प्रतियोगितामा नुवाकोटका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहेको नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडि उत्पादन गर्न मद्धत गर्नुका साथै यसले नव प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन गरिने तय भएको आयोजक नुवाकोट जिल्ला फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले बताए । उनले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गर्ने तय भएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडालगायतले उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन गरिने नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए । प्रतियोगिताको उदटन कार्यक्रममा नुवाकोट फुटवल संघमा आवद्ध विभिन्न ३३ विद्यालयहरुलाई फुटवल हस्तान्तरण गरिने एन्फा नुवाकोटले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताका साथै उत्कृष्ट खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैवीच, यहि शुक्रवारदेखि आयोजित प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नुवाकोट जिल्ला फुटवल संघले सार्वजनिक गरेको तालिकामा छात्रातर्फ दाङसिंङ मावि, अर्किड एकेडेमी, जेडी बोर्डिङ र चन्द्रज्योती माविले सहभागिता जनाएका छन् । छात्रतर्फ सहभागि भएका १६ विद्यालयलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए मा तीनधारे मावि, त्रिशूली सामुदायिक बोर्डिङ स्कुल, शहिल जगतप्रकाश जंग शाह संस्कृत मावि र रणभुवनेश्वरी मावि रहेका छन् । समूह बि मा जेडी बोर्डिङ स्कुल, त्रिभुवन त्रिशूली मावि, स्पार्कल ईन्टरनेशनल स्कुल र चन्द्रज्योती मावि रहेका छन् । समूह सि मा सुभेनियर बोर्डिङ स्कुल, अर्किड एकेडेमी, दाङसिङ मावि र च्वाडी पब्लिक मावि रहेका छन् । यस्तै, समूह डि मा महेन्द्र मावि, महादेव मावि, शिलादेवी मावि र गणेश भ्यु बाटिका रहेका छन् ।
प्रतियोगिताको उदघाटन खेल तीनधारे पिपलडाँडा मावि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा लिग चरणको खेलमा प्रत्येक दिन चार खेल हुनेछ भने प्रतियोगिताको फाईनल खेल आमामी मंसिर २ गते हुनेछ ।





