बिदुरः नेपाली कलाकारहरुले सन्चार तथा सूचना प्रविधिमन्त्रि जगदीश खरेलसंग अन्र्तक्रिया गरेका छन् । कलाकारहरुले नेपाली चलचित्रलाई विश्व वजारमा लैजान आवस्यक रहेको र यसका लागि नेपाल सरकारको सहयोग आवस्यक रहेको वताए । कलाकारहरुले नेपाली चलचित्र उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि विहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारसँग ठोस प्रस्ताव पनि पेश गरेका छन् ।


चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा कलाकार, निर्देशक, निर्माता तथा कलाकारितासंग आवद्ध संघसंस्थाका प्रतिनिधिहरूले मन्त्री खरेलसँग सन्चार मन्त्रालयमा अन्र्तक्रिया गरी विभिन्न प्रस्ताव पेस गरेका छन् । चलचित्रलाई मनोरञ्जन मात्र नभई रोजगार, पर्यटन र राष्ट्रिय पहिचानको अभिन्न अंगका रूपमा स्थापित गर्न सरकारको सहयोग अपरिहार्य रहेकोमा कलाकारहरुले जोड दिएका छन् ।

वोर्डका अध्यक्ष डिसीले चलचित्र भवन नपुगेका जिल्ला वा शहरमा नयाँ हल खोल्नेहरूलाई तीन वर्षसम्म कर छुट र भन्सार शुल्कमुक्त सुविधा, प्राकृतिक प्रकोप वा द्वन्द्वका कारण बन्द भएका हल पुनः सञ्चालनमा दुई वर्षसम्म कर छुट, तथा सञ्चालनमा रहेका हलहरूको स्तरोन्नतीमा भन्सार छुटको व्यवस्था मिलाउन प्रस्ताव गरे । यसबाहेक चलचित्र ऐन तथा विधेयकको परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो सिनेपा नर्माणमा सरकारी सहयोग, चलचित्रमा प्रयोग गरिने हातहतियारका लागि स्पष्ट कानूनी प्रावधान तथा सेन्सर प्रणालीलाई सरल, पारदर्शी र निष्पक्ष बनाउने आवश्यकता औंल्याएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा चलचित्र विकास बोर्डको नेतृत्वमा शीर्ष कलाकार, निर्देशक, निर्माता तथा चलचित्र ंसंघसंस्थाका प्रतिनिधिहरूले मन्त्री खरेलसँग अन्र्तक्रिया गर्दै वोर्डका अध्यक्ष डिसीले चलचित्र उद्योगको दिगो विकासका लागि ठोस सुझाव र प्रस्तावहरू प्रस्तुत गरेका हुन् । उक्त कार्यक्रममा चलचित्रकर्मीको तर्फबाट अध्यक्ष दिनेश डिसीले सिनेमा हल नपुगेका जिल्लामा हल निर्माण गर्नेहरूलाई ३ बर्ष सम्पुर्ण कर छुट र सामग्री आयातमा भन्सार छुट, प्राकृतिक प्रकोप वा द्वन्द्वका कारण बन्द भएका हल पुनः सञ्चालनमा कर छुट, र सञ्चालनमा रहेका हलहरूको स्तरोन्नतिमा भन्सार छुटको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

साथै, चलचित्र ऐन संशोधन, कल्याणकारी कोष, स्टुडियो निर्माण, सेन्सर सुधार र हातहतियारसम्बन्धी कानुनी स्पष्टताका विषयमा माग राखिएको थियो । मन्त्री खरेलले चलचित्रकर्मीहरूको मागका सम्वन्धमा आफु सकारात्मक रहेको बताउंदै आफुलेमागका सम्वन्धमा सरोकारवाला पक्षसंग थप छलफल गर्ने वताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिनुपर्ने, विदेशी चलचित्रको प्रदर्शनलाई कानूनी दायराभित्र राखेर मात्र प्रदर्शन गर्न अनुमति दिइनुपर्ने वताए । उनले चलचित्र क्षेत्रमा लामो समय व्यथित गरेका चलचित्रकर्मीलाई सरकारले सुविधाको व्यवस्था गर्नुपर्ने र चलचित्रका संघसंस्थालाई अनुदान दिइनु पर्ने माग राखे ।

सञ्चारमन्त्री खरेलसहित सन्चारसचिव राधिका अर्याललगायत मन्त्रालयका उच्च तहका अधिकारीसंगको अन्र्तक्रियामा अग्रज कलाकारहरु नायक शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रदीप खड्का, नीति शाह, गायक रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी लगायतका २० जना भन्दा वढि चर्चित कलाकारहरुको सहभागिता रहेको थियो । अन्र्तक्रियामा निर्देशक तथा कलाकार ओम प्रतिक, जनक खड्का, सरोज पौडेल, प्रदीप भट्टराई तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनलगायतले नेपालको चलचित्र क्षेत्रको विकासका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अभिनेता दीपकराज गिरीले चलचित्रकर्मीहरू देशका हरेक आन्दोलन र परिवर्तनमा अग्रपंक्तिमा रहेको उल्लेख गर्दै मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे । चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले कर्णाली प्रदेशमा केवल एउटा सिनेमा हल मात्र रहेको तथ्य उजागर गर्दै प्रदेशभर हल विस्तारका लागि सरकारको सहयोग मागे ।

कलाकार जितु नेपाल, निर्देशक सरोज पौडेल र प्रदीप भट्टराईले सेन्सर बोर्डको व्यवहार र प्रदर्शन रोकावटप्रति असन्तुष्टि व्यक्त गर्दै निष्पक्ष नीतिको माग गरे । छायाकार विष्णु कल्पितले ड्रोन प्रयोगका कानूनी जटिलता र विदेशी छायांकनमा प्रशासनिक झन्झटबारे प्रश्न उठाए । कलाकार प्रदीप खड्काले चलचित्र क्षेत्रमा विदेशी लगानी (एफडीआई) नआएको तथा चलचित्र विभागलाई पर्यटन मन्त्रालयमातहत राख्दा प्रवद्र्धन सहज हुने सुझाव दिए ।

अन्र्तक्रियाले चलचित्र क्षेत्र र सरकारबीचको सम्बन्ध सुदृढ बनाउँदै नीतिगत सुधारतर्फ सकारात्मक संकेत दिएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । चलचित्रकर्मीहरूले राष्ट्रिय नीति र प्राथमिकतामा चलचित्रलाई समेट्न सरकारसँग सहकार्यको अपेक्षा राखेका छन् । चलचित्र उद्योगको दीर्घकालीन बिकासका लागि सूचना तथा संचार मन्त्रि जगदीश खरेलले पक्कै सकारात्मक कदमको सुरुवात हुने कलाकारहरुले विस्वास व्यक्त गरेका छन् ।















