बिदुरः गाउंका विरामीहरुको सुविधाका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको चारघरेमा टोलमै पुगेर विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । यसवाट गाउंवासी विरामीलाई सुविधा पुगेको छ ।


बिदुर नगरपालिकाले गाउंवासीको स्वास्थ्य सुरक्षामा ध्यान दिदै गाउंघर क्लिनिक सेवा सन्चालन गरेको हो । नपाको स्वास्थ्य शाखा अन्तर्गत बिदुर १२ स्थित चारघरे स्वास्थ्य चौकीअन्र्तगतको भदुवारमा पहिलो पटक गाउँघर क्लिनिक सन्चालन गरिएको हो । जसमा विभिन्न प्रकृतिका ३८ जना विरामीको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । उनका अनुसार दुई जना स्वास्थ्यकर्मी गाउंघरमै पुगेर पुरुष १५ र महिला २३ जनाको सामान्य स्वास्थ्य परिक्षण, रक्तचाप परिक्षण, सुगर परिक्षण गरेका हुन् ।

विदुर नपाले गाउंघर क्लिनिकलाई प्राथमिता दिएर सदरमुकामसम्म आउन नसकेका गाउंका विरामीहरुलाई गाउंटोलमै स्वास्थय सेवा दिन उक्त क्लिनिक सन्चालन गरिएको मेयर राजन श्रेष्ठले जानकारी दिए । गाउँघर क्लिनिक विदुर नपाको १३ वटै वडाको विभिन्न स्वास्थ्य केन्द्रमार्फत सन्चालन गरिने मेयर श्रेष्ठले प्रतिवद्धता जनाए ।





