बिदुरः हरर चलचित्र महोत्सव सम्पन्न भएको छ । फिल्म प्रदर्शन, सम्मान तथा पुरस्कार वितरणसहित पहिलो काठमान्डु हरर फिल्म फेस्ट सकिएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा रस्सियन हाउसमा सम्पन्न सो कार्यक्रममा विविध रचनात्मक कार्य गर्दै सकिएका हुन् । यसअघि, उक्त महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उदघाटन गरेका थिए ।


उनले यसवाट नेपाली चलचित्र क्षेत्रमासमेत केहि न केहि नयांपन आउने विस्वास व्यक्त गरे । रुसी सांस्कृतिक दूतावासमा आयोजित महोत्सवमा विभिन्न देशका फिल्मकर्मी र दर्शक भेला भएर फिल्म हेर्नुका साथै चलचित्र सम्वन्धि अन्र्तक्रियासमेत गरेका थिए । फेस्टिभलमा रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्म प्रदर्शन गरिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उद्देश्य महोत्सवको रहेको बताए ।

तीन दिने महोत्सवको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिएको छ । इन्डोनेसियाली फिल्म ‘लाबिनाक’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भएको छ । मेक्सिकोको फिल्म ‘अ इयर अफ म्यारिज’ सर्वश्रेष्ठ छोटो फिल्म बनेको छ । बंगलादेशको ‘फरिनर्स वन्ली’ सर्वश्रेष्ठ युवा फिल्म घोषित भएको छ । जुरी स्पेसल अवार्ड भारतीय फिल्म ‘बोक्सी’ले जित्यो । फेस्टिभल उद्घाटन रुसी फिल्म ‘शामन’ बाट गरियो भने समापन फिल्मको रुपमा बंगलादेशको ‘फरिनर्स वन्ली’ थियो ।

महोत्सवको तीन दिनमा २५ फिल्म प्रदर्शन भएको फेस्टिभलमा स्थानीय र अन्तर्राष्ट्रिय दर्शकको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । सन् २०२६ को संस्करणलाई भव्य बनाउने तयारी सुरु भएकोसमेत आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, साहित्यकार राधेश्याम लेकाली, रस्सियन हाउसका निर्देशक आनास्तासिया खोख्लोभा, निर्देशक केपी पाठक, शिव पुरीसहित चलचित्रकर्मीहरुको उपस्थिति थियो । काठमाडौं हरर फिल्म फेष्ट २०२५ रूसको राजदूतावासको सहकार्यमा सम्पन्न भएको हो ।

महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विद्या डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको उपाध्यक्ष आयोजकले जनाएको छ । महोत्सव निर्देशक रसिक पाठकका अनुसार, हेलोविनको दिनमा सुरु गरिएको उक्त महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने उद्धेश्य रहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता उल्लेख गरे । भौतिकताले भरिएको यस युगमा पनि यस्ता उत्सवहरूले मानवीय सम्बन्धलाई जोगाइराख्ने र सिर्जनात्मक सम्बन्ध बलियो बनाउने उनले वताए ।

विशिष्ट चलचित्रकर्मी तथा नेपाल फिल्म एण्ड कल्चर एकेडेमी सल्लाहकार तुलसी घिमिरेले महोत्सवलाई उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म भएको वताए । रसियन हाउसकी निर्देशक तथा रूसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभाले हामी एनएफसीएसँग सहकार्य गर्न पाउँदा खुशी रहेको जनाउंदै चलचित्रले संस्कृतिहरू जोड्छ र चलचित्र अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि रूसमा छात्रवृत्ति अवसर पनि प्रदान गर्न पाउँदा सन्तुष्ट मिलेको बताइन् ।

जुरी सदस्य राजभाइ सुवालले यसवाट सिकाइको अवसर पाएको वताए । अन्य जुरी सदस्यहरूमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) रहेका थिए । आयोजकका अनुसार महोत्सवले नेपाली चलचित्र उद्योगका लागि नयाँ अवधारणा र नयाँ दिशाको सन्देश दिएको भनाई छ । महोत्सवको उद्घाटन रूसको चलचित्र शमन (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको हो ।

महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन गरिएका छन् । जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । ति चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका हरर कथाहरू समेटिएका छन् । पश्चिमा मुलुकमा धुमधामपूर्वक मनाइने पर्व हेलोविनको अवसरमा ‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ गरिएको हो । हेलोवीन हरेक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो ।

गर्मी मौसमको अन्त्य र जाडोको सुरुवातको छेकोमा सेलिब्रेसन गरिने यो पर्व मृत्यु र आत्मिक संसारसँग सम्बन्धित छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले रुसी दूतावास र केन्द्रको सहकार्यमा फेस्टिभल गरेको हो । महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइ रहेको वताए ।

उनले अगाडि भने, ‘दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ । तर, आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ । डर, रहस्य र कल्पनाको ।’ उनले भने, ‘हरर केवल भूत र छायाँको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो ।’ पाठकका अनुसार, हेलोविनको दिनमा सुरु भएको महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीबीच सांस्कृतिक सेतु निर्माण गर्ने उद्धेश्य रहेको छ ।






