बिदुरः नुवाकोटको विदुरस्थित एक छात्रवासमा रहेका वालकहरुका लागि जाडोमा न्यानो सामग्री प्रदान गरिएको छ । उनीहरुलाई आवस्उक स्टेशनर िसामग्रीसमेत उपलव्ध गराइएको छ ।


विदुर नगरपालिका ९ का एन्ड्रयू वाग्लेको १४औ जन्मदिनको अवसरमा उनका परिवारजनले विदुर नपा २ विदुर शिवालयटोलमा रहेको आमाको माया छात्रावासमा रहेका २१ जना वालकहरुलाई न्यानो सामग्री, स्टेशनरी तथा खाद्यान्न उपलव्ध गराएका हुन् । यसवाट वालकहरु निकै हर्षित हुनुका साथै अध्ययनप्रति उत्साहित भएका छन् ।

“सेवानै धर्म हो” भन्ने मुल नाराका साथ विदुरस्थित छात्रवासमा पुगेर २१ जना छात्राको लागि बल्याकेट र कम्बल सेट, २१ जना छात्राको लागि स्टेशनरी सामग्रीका साथै २ बोरा चामललगायत बिभिन मसलाहरु, तेल, तरकारी, फलफुल हस्तान्तरण गरिएको हो । आफ्नो छोराको जन्मदिनलाई सेवा र मानवताको भावनाले बालकहरुलाई गरिएको सानो सहयोगले उनीहरुको जीवनमा खुसी ल्याउन सकिन्छ भन्ने सन्देश दिदै उक्त सामग्रीहरु स्वस्फुर्त रुपमा प्रदान गरिएको बालक एन्ड्रयू वाग्लेका आमा राधिका वाग्लेको भनाई छ ।










