बिदुरः नुवाकोटको बिदुरमा महत्वपुर्ण विशेषता रहेको धिमेबाजा संरक्षण अभियान गरिएको छ । अभियान अन्र्तगत धिमेबाजा प्रशिक्षण दिइएको छ ।


प्रशिक्षणसहित नुवाकोट टाकुरोमा धिमे बाजासमेत प्रदान गरिएको छ । नुवाकोट युवा क्लबले धिमेबाजा संरक्षणका लागी १७ महिलासहित ३० जनालाई धिमे बाजा प्रशिक्षण प्रदान गरेको हो ।

तीन महिने “धिमेबाजा तालिम“ को बिदुर नपाका मेयर राजन श्रेष्ठले समापन गरे । उनले महत्वपुर्ण विशेषता रहेको धिमेबाजा संरक्षण अभियान सन्चालन गरिएको र यसमा विदुर २ वडा कार्यालयले सहकार्य गरेको वताए ।

विदुर २ का वडाध्यक्ष दीपक कायस्थले वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार धिमे बाजा प्रशिक्षण र खरिद गरि हस्तान्तरण गरिएको वताए । सामग्रीहरुको सदपयोग गरि संस्कृति, परम्परालाई प्रवद्र्धन गर्न उनले आग्रह गरे ।

तीन महिनासम्म प्रशिक्षक रेगन मुल्मीले सहभागीहरुलाई धिमे वाजा वजाउने कला, प्रक्रिया तथा अवस्थाका सम्वन्धमा प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण दिएका थिए । तालिम समापनका अवसरमा बिदुर नपाकी उपमेयर प्रभा बोगटी, आयोजक नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डंगोल, प्रशिक्षक रेगन मुल्मीलगायतले धिमे बाजाको महत्वका सम्वन्धमा चर्चा गरेका थिए ।








