बिदुरः नुवाकोटको एक विद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । यसवाट विद्यार्थीहरुलाई सुविधा पुगेको छ ।


विदुर नगरपालिका–८ हात्तिगौडास्थित सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोही स्थानमा रहेको भैरुम माविमा उच्च शिक्षा अध्ययनरत एकसय जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको हो । उक्त सहकारीले सहकारीको सातौ सिद्दान्त ’समुदायप्रति चासो’ अन्तर्गत सो विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एकसय जना विद्यार्थीहरुलाई एक/एक थान विद्यालय पोशाक हस्तान्तरण गरेको हो ।

सहकारीले उपलव्ध गराएको पोशाक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सहकारीका अध्यक्ष गोकर्ण रोक्का, व्यवस्थापक सुदीप श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, १०+२ का कार्यक्रम संयोजक नारायण श्रेष्ठलगायतले विद्यार्थीहरुलाई एक/एक सेट पोशाक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास सहकारी र विद्यालयले लिएको छ ।

सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई आत्मसात् गर्दै उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एकसय जना विद्यार्थीहरूलाई विद्यालय पोशाक अन्र्तगतको टिसर्ट वितरण गरिएको सहकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए । उनका अनुसार सहकारी संस्थाले समुदायको दिगो विकासमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त सामाजिक कार्य गरेको जनाएको छ ।







