बिदुरः नुवाकोटको तारकेश्वर गाउंपालिकाले शैक्षिक अन्र्तक्रिया गरेको छ । गापा कार्यालय दाङसिङमा सबै विद्यालयका प्रधानाध्यापकहरुसँग आधुनिक र प्रभावकारी शिक्षाको सम्वन्धमा विशेष छलफल गरि शैक्षिक सुधारका विविध विषयमा अन्र्तक्रिया गरिएको हो ।


तारकेश्वर गापाा अध्यक्ष शिव अधिकारी अविरलले गापाभित्रका ३४ वटै विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक अन्र्तक्रिया गरेका हुन् । अध्यक्ष अधिकारीले शैक्षिक सुधारका लागि विभिन्न विषयमा केन्द्रीत रहेर शिक्षाको गुणस्तरियतामा जोड दिएका हुन् । अन्र्तक्रियामा नयाँ र परिष्कृत ढङ्गले बालमैत्री शिक्षाको अवधारणा अनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, हरेक बुधबारका लागि लागू गरिएको जातीय मौलिक पोशाक र शुक्रबारको ’बुक फ्री डे’ कार्यक्रमलाई पूर्ण रूपमा प्रभावकारी बनाउने र विद्यालयले आयोजना गर्ने कार्यक्रमहरूमा महँगा खादा, ब्याज र आयातित फूलका मालाको प्रयोग निषेध गर्दै स्थानीय उतपादित फूलहरूको मात्र प्रयोग गर्ने निर्णय भएको छ ।

यसका साथै केही विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति गठन नभएको पाइएकाले १५ दिनभित्र व्यवस्थापन समिति गठन गरी शिक्षा शाखामा पेस गर्ने, अन्यथा स्थानीय शिक्षा ऐन अनुसार गाउँपालिकाले आवश्यक कदम चाल्नेसमेत निर्णय गरिएको छ । केहि दिनअगाडि विद्यालयहरूको आकस्मिक अनुगमनका क्रममा अधिकांश विद्यालयमा प्रशासकीय कमजोरीहरू रहेको पाइएकाले त्यस्ता कमीकमजोरीहरूलाई तत्काल सुधार गरी गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न योजना अनुसार कार्य गर्नु पर्ने निर्णय भएको तारकेश्वर गापा शिक्षा शाखाले जनाएको छ । तारकेश्वर गापा नुवाकोटको पर्यटकिय गापा हो ।







