बिदुरः स्वास्थ्य सेवाको पहुंच र प्रभावकारितामा जोड दिदै स्वास्थ्य कार्यक्रमको गुणस्तरियता वृद्धि गरिने नुवाकोटको विदुर नगरपालिकामा आयोजित कार्यक्रममा जोड दिइएको छ । नपाको स्वास्थ्य शाखालाई सक्रियता वढाई जनताको घरदैलोमा स्वास्थय सेवाको पहुंचलाई विस्तार गरिने निष्कर्श निकालिएको छ ।


गत आर्थिक वर्ष २०८१/०८२ मा गरिएका स्वास्थ्य कार्यक्रमहरूको समिक्षा गर्दै चालु आवमा स्वास्थ्य सेवामा थप तथा विशेष कार्यक्रम सन्चालन गरिएको जानकारी दिइएको छ । जस अन्र्तगत स्वास्थ्य सेवालाई आवस्यकता अनुसार जनताको घरदैलोे सेवा, गाउंघर क्लिनिक सन्चालन, ज्येष्ठ नागरिक घरदैलो सेवा, सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्नेलगायतका कार्यक्रम रहेको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । १३ वटा वडा रहेको विदुर नपामा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रममा शतप्रतिश भौतिक प्रगति र ९३ दशलमव सात प्रतिशत आर्थिक प्रगति भएको विवरण सार्वजनिक भएको छ । जनतालाई स्वास्थ्य सुरक्षाको अधिकारलाई विशेष रुपमा प्रवद्र्धन गर्न विदुर नपाका मेयर राजन श्रेष्ठले सम्वन्धित शाखा तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

आवस्यकता अनुसार स्वास्थ्य सेवामा सर्वसधारणको पहुंच वृद्धि गर्न उनले सुझाव दिए । विदुर नपाकी उपमेयर प्रभा बोगटीले जनस्वास्थ्यसंग सम्वन्धित विषयलाई विदुर नपाले विशेष प्राथमिकता दिइरहेको वताइन् । उनले गर्भवती, महिला, अपांग, वृद्धवृद्धाहरुको आवस्यकता अनुसार स्वास्थ्य सेवाको उपलव्धतामा विदुर नपा सदैव क्रियाशील रहेको वताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, सामाजिक विकास समितिका संयोजक तथा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलज्यू, नं. ११ का वडाध्यक्ष बाबुराम तामाङ, योजना शाखा प्रमुख हरि प्याकुरेलज्यू, जनस्वास्थ्य निरीक्षक राजाराम भण्डारी,स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधिहरुलगायत १३ वटै वडाका १९ वटा स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

उक्त अन्र्तक्रियामा गत आव २०८१/०८२ मा गरिएका स्वास्थ्य सम्वन्धि विभिन्न कार्यक्रमहरूको उपलब्धि, चुनौती र वर्तमान वर्षमा सुधारका क्षेत्रहरूबारे समिक्षा गरिएको छ । यसका साथै आगामी स्वास्थ्य कार्यक्रमहरूलाई थप प्रभावकारी, परिणाममुखी र दिगो रूपमा कार्यान्वयन गर्नका लागि सुझाव तथा प्रतिक्रिया प्रस्तुत गरिएको थियो ।









