बिदुरः बिद्यार्थीहरुलाई पठनपाठनमा उत्साहित गराउने उद्धेश्यले नुवाकोटको बट्टारस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोलासहितको स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयमै पुगेर अध्यनरत विद्यार्थीहरुलाई एक÷एक सेट शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।


नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको युनाइटेड आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई किताव, कापीका साथै शैक्षिक सामग्री बोक्ने एक÷एक थान झोलासहित स्टेशनरी सामग्रीहरु प्रदान गरिएको हो । कक्षा आठसम्म अध्ययन अध्यापन भइरहेको उक्त विद्यालयमा अध्ययनरत सावै एकसय ६७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्री हस्तान्तरण गरे । संगमचोकमा रहेको गोसाइकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रपमा ‘सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई एक–एक थान झोला, कापी र सिसाकलम उपलब्ध गराएको हो ।

झोलासहितको स्टेशनरी सामग्री कार्यक्रममा विदुर नपा ४ का वडाध्यक्ष नीलमवावु ढुंगेल, सहकारीका अध्यक्ष इन्द्रवहादुर पण्डित, व्यबस्थापक हरिबंश ढकाल, नेपाल लाइफ इन्स्योरेन्स वट्टारकी प्रमुख अम्विका श्रेष्ठ, विद्यालयका अध्यक्ष देवनारायण चित्रकारलगायतले हस्तान्तरण गरे । विद्यार्थीहरुले झोलासहितको स्टेशनरी सामग्री पाएसगै अध्ययनप्रति निकै उत्साहित भएका छन् ।

कार्यक्रममा विद्यालयका तर्फवाट पुर्व शिक्षकहरु सुर्यमान डंगोल र रामवावु डंगोललाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । विद्यालयको उक्त कार्यक्रममा विभिन्न गीत, संगीत तथा नृतयसमेत गरिएको छ ।










