बिदुरः नुवाकोटको बिदुर नगरपालिकामा यस वर्षको तिहारमा लाखौंको फूलको माला विक्री गरिएको छ । दुई स्थानमा रोपिएका सयपत्रि र मखमली फूल विक्री गरिएको हो ।


विदुर नगरपालिका वडा नं. ५ माझिटार वडा नं. ९ कोलोनीको खाली जग्गामा सयपत्रि र मखमली गरि नौहजार पांचसय थान फूलको विरुवा रोपिएकोमा त्यसवाट उत्पादित फूल सर्वसाधारणलाई विक्री गरिएको विदुर नपा कार्यालयले जनाएको छ । यस वर्ष फूलको मुल्य वृद्धि भएकोमा सर्वसाधारणले खुसी हुदै उक्त फूल खरिद गरेका विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

विदुर नपाले तिहार पर्व लक्ष्यित गरी सयपत्री प्रति किलोग्राम चारसय र मखमली फूल प्रति किलोग्राम चारसय ५० रुपैयामा विक्री गरेको हो । विदुर ५ मा दुई रोपनीमा एकहजार पांचसय वोट र विदुर ९ मा करिब ६ रोपनी क्षेत्रमा आठहजार वोट सयपत्री र पांचसय मखमली फूलको विरुवा रोपिएको थियो ।

उक्त फूल उत्पादन भई यस वर्षको तिहारमा कुल एकलाख ४० हजार रुपैया वरावरको विक्री भएको विदुर नपाका प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेलले जानकारी दिए । उनका अनुसार उत्पादित सयपत्रि फूल सर्वसाधारणलई प्रति किलोग्राम चारसय र मखमली फूल प्रति किलोग्राम चारसय ५० रुपैयामा विक्री गरिएको हो ।

यसका साथै नुवाकोटका अन्य स्थानवाटसमेत सयपत्रि र मखमली फूल विक्री वितरण भएको थियो । गत वर्षको तुलनामा फूलको उत्पादनमा कमि आएका कारण माग अनुसारको परिपुर्ति हुन नसकेको किसानहरुले वताए ।









