बिदुरः नुवाकोटस्थित केन्द्रीय कारागारमा वन्दी जीवन विताइरहेकाहरुको दन्त उपचार गरिएको छ । वन्दीहरुको दन्त शल्यक्रियासमेत गरिएको छ ।


विदुर नगरपालिका ६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेको वन्दीहरुको दन्तरोग सम्बन्धि एकदिने दन्त शिविर सम्पन्न भएको छ । कार्यक्रममा एकसय १५ जनाले दाँत सम्बन्धि उपचार सेवा प्राप्त गरेका छन् ।

दन्त परिक्षण गरिएकामध्ये ७० जनाको विशेष शल्यक्रियामार्फत दाँत झिकिएको आयोजक लायन्स क्लब अफ नुवाकोट क्यापिटलले जनाएको छ । कारगारमा वन्दीहरुको दन्त परिक्षण शिविरमा ग्लोबल डेन्टल क्लिनिक बट्टारले प्राविधक सहयोग उपलव्ध गराएको थियो ।






