बिदुरः केन्द्रीय कारागार नुवाकोट जाने पक्कि मोटरबाटो निर्माण भइरहेको छ । यसवाट आवतजावतमा सुविधा पुगेको छ ।


विदुर नगरपालिका–५ र ६ स्थित लामिबगैचा, बाणाचौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडक पक्कि वनाउने कार्य गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त बजेटबाट उक्ते सडकको स्तरोन्नति, ढलान तथा अस्फाल्ट–कालोपत्रे राख्ने कार्य गरिएको हो ।

उक्त सडकको स्तरोन्नतिसंगै केन्द्रीय कारगार नुवाकोट जानका साथै स्थानीयवासीलाई आवागमन सहज हुने र विकासको गति अझ बढ्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाई छ । विदुर नपामात्रै नभई समग्र नुवाकोट पर्यटकिय गन्तव्ययुक्त रहेकोमा यस मोटरवाटोको निर्माणले झनै सुविधा पुग्ने उनले वताए । उक्त सडकको ढलान कार्यको मेयर श्रेष्ठ, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतका जनप्रतिनिधि तथा प्राविधिहरुले स्थलगत अवलोकन तथा निरीक्षणसमेत गरेका छन् ।






