बिदुरः नुवाकोटको एक विद्यालयलाई पुर्व विद्यार्थीहरुले आर्थिक संकलन गरि शैक्षिक गतिविधिको विस्तारका लागि झोला प्रदान गरेका छन् । विदुर नपा २ अशोकवाटिकामा रहेको भैरवी माद्यामिक विद्यालयलाई उक्त विद्यालयका पुर्व विद्यार्थीहरुले रकम संकलन गरेर शैक्षिक झोला खरिद गरि हस्तान्तरण गरेका हुन् ।

उक्त विद्यालयमा अध्ययन गरेका २०६६ को एसएसलसी व्याचका विद्यार्थीहरुबाट विद्यालयको शैक्षिक प्रयोजनका लागी १५ थान झोला खरिद गरि विद्यालयलाई हस्तानन्तरण गरेका हुन् । पुर्व विद्यार्थीहरुले उपलव्ध गराएको झोलाले र्शैक्षिक गतिविधि गर्न मद्धत पुगेको विद्यालयले जनाएको छ ।





