बिदुरः तिहारको सन्दर्भमा नुवाकोटमा यस वर्ष ढाकाको ब्यापार बढेको छ । पछिल्लो समय ढाकाजन्य पोशाक खरिद गर्नेहरु वढिरहेका छन् ।


लामो समयदेखि घरायसी र काम चलाउको रुपमा मात्रै ढाकाका वस्तुहरु प्रयोग गरिदै आएकोमा तिहारमा दिदीवहिनीले दाजुभाइलाई ढाकाको टोपी तथा दाजुभाइले दिदीवहिनीलाई ढाकाको चोलो उपहार दिने चलन रहेको छ । ढाकाबाट निर्मित टोपी, पछ्यौरा, दौरासुरुवाल, पर्स, चोली, सुट, पाइण्टलगायतका पोशाक तथा उपहार सामग्रीहरु तिहारका बेला दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई उपहार स्वरुप प्रदान गर्ने प्रचलन रहेको कारण कारोवार वढेको व्यापारीहरु वताउंछन् ।

ढाकावाट वनेका साम्रगी उपहारको रुपमा होस या मौलिक पहिचानको रुपमा ढाकाको छुट्टै पहिचान रहेको पिपलटारका ढाकाप्रेमी रामहरि घिमिरेको भनाई छ । उनका अनुसार ढाकाजन्य पोशाकहरु सर्ट, पाइन्ट, कोट पहिरिएर हिड्नेहरुसमेत वढिरहेका छन् । तिहारमा माग अनुरुप ढाकाको उत्पादन हुन नसक्दा कतिपय ग्राहकहरु ख्रिद गर्न नपाएर फर्कन बाध्य भएको पाइन्छ । यसतर्फ समवन्धित निकायले ध्यान दिन सके र उत्पादनलाई अझ बृद्धि गराउदै लैजान सके पाल्पालीको गौरव र पहिचान ढाकाले बजारमा राम्रो प्रभाव पार्न सक्ने वट्टारवजारका कपडा व्यवसायी पुर्णमानकुमार श्रेष्ठको भनाई छ ।

उनका अनुसार मौलिकता तथा पहिचानका लागि नेपाली ढाकाको कपडावाट निर्मित पोशाकहरु ख्रिद गर्ने वढेका हुन् । माग अनुसार ढाकाको कपडा आउन सकेको छैन् । नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको सन्दर्भमा ढाकाको ब्यापार बढेको वट्टार वजारका अर्का व्यापारी सन्जिवहादुर श्रेष्ठको भनाई छ । उनका अनुसार हाल धेरै गाउं गाउंमासमेत यातायात पुगेका कारण तिहारमा ढाकाको कारोवार झनै वढेको हो ।

ढाका तथा यसबाट बनेका टोपी, पर्स, चोली, पछयौरी, टाई र आसकोटलगायतका बस्तुले निकै महत्व र बजार पाएको पाइन्छ । यस्ता अनेक ढाकाबाट निर्मित बस्तुहरुले समय सापेक्ष अनुरुप आम जनताको उपभोग्य चाहना र क्षमतालाई परिपुर्ति गर्दै आएको छ । पछिल्लो समय यसको माग अनुरुप उत्पादन हुन आवस्यक रहेको सवैको चासो र सरोकारको विषय बनेको छ । पहिले स्थानीय उद्योग तथा वाणिज्य कार्यालयले तालिम दिंदा ढाकाको माग समयअनुरुप बढ्दो थियो, अव ढाका उद्योगलाई प्रोत्साहन गर्न आवश्यक रहेको ढाका सामग्री उत्पादकहरु वताउंछन् ।










