बिदुरः नुवाकोटको दक्षिणी भेगमा रहेको निग्लेनीस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । एक युवाले विद्यालयको शैक्षिक प्रयोजनका लागि नगद प्रदान गरेका छन् ।


तारकेश्वर गाउँपालिका ५ निग्लेनीस्थित भूमेदेवी आधारभुत विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुलाई त्रिशूलीका एक जना शिक्षासेवीले स्टेसनरी सामग्री प्रदान गरेका हुन् । विदुर नगरपालिका १ त्रिशूलीवजारका युवा रोशन शाहले विद्यालयमा अध्ययनरत ४५ जना बालबालिकाहरुलाई विभिन्न प्रकारका स्टेसनरी सामग्री र विद्यालयलाई आवश्यक मसलन्द हस्तान्तरण गरेका हुन् ।

शाहले अध्ययनरत बालबालिकालाई वर्षभरी पुग्ने स्टेसनरी सामग्री र बिद्यालयलाई अत्यावस्यक फोटोकपी पेपर, कलर पेपर हस्तान्तरण गरेका हुन् । शाहले शिक्षावाटै मानवको सकारात्मक ज्योतीको विकास हुने भएका कारण आफुले ग्रामीण भेगका वालवालिकाहरुलाई सामाजिक सहयोग गरेको वताए ।

यसैवीच, स्थानीयवासी तथा पुर्व शिक्षक दीपक तामाङले विद्यालयका विद्यार्थीहरुको परिचयपत्र बनाउन १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् । कार्यक्रममा सहयोगी शाह र तामाङलाई विद्यालयले सम्मान गरिएकोे विद्यालयका प्रधनाध्यापक नवराज न्यौपानेले जानकारी दिए ।









