बिदुरः नुवाकोटको ऐतिहासिक झिल्टुङमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको शालिका निर्माण गरिएको छ । देवकोटाको जन्मजयन्तीका अवसरमा नवनिर्मित शालिकको अनावरण गर्नुका साथै साहित्य पदयात्रासहित विविध साहित्यिक कार्यक्रम गरिएको छ । महाकवी देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा शालिक अनावरण, साहित्य पदयात्रा, विद्यार्थीहरुवीच वक्तृत्वकला प्रतियोगिताका साथै साहित्य अन्र्तक्रियासमेत गरिएको हो । वेलकोटगढी नगरपालिका ५ स्थित झिल्टुङमा विद्यार्थीहरुवीच देवकोटा र झिल्टुङ विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।


यसअघि नुवाकोटको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल वेलकोटगढीवाट थालनी भएको बेलकोट (निरन्जना) –बाघखोर –झिल्टुङ – कुन्जिनी पार्क –देवीघाटसम्मको दुई दिने स्रष्टा पदयात्रासमेत सम्पन्न भएको छ । साहित्य पदयात्रामा नेपालका साहित्यकार, लेखक, कवी तथा समालोचकहरुको सहभागिता रहेको थियो । देवीघाटको ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिष्ठानमा विविध कार्यक्रम गरि साहित्य पदयात्राको समापन गरिएको हो । यसवाट साहित्यकारहरुमा ग्रामीण साहित्य पर्यटनको संभावनाको मार्गकाबारेमा एउटा सम्भावना उजागर भएको छ ।

झिल्टुङमा आयोजित महाकवी देवकोटा र झिल्टुङ बिषयक वकृृत्वकला प्रतियोगितामा गौलिङ्गेश्वर माबिका छात्र सम्राट तामाङ प्रथम भए । पन्चासे मावीकी छात्रा जमुना पौडेल द्वितिय र मालिका मावीकी छात्रा सन्जिता तामाङ तृतीय भइन् । साहित्यिक कार्यक्रममा मुर्तिकार दिनेश्वर महतो र हरिराम अधिकारी, कविता ढुगांना, अनन्तप्रसाद नेपाल, मोहन नेपाल र द्वारिका नेपाललाई सम्मान पत्र प्रदान गरिएको थियो । साहित्य पदयात्रा टोलीले विभिन्न रचनाहरु कविता, मुक्तक, गीत, हाइकु, कथा, वाचन का साथै माझगाउँ, डिहिचौर, झिल्केश्वर, कुन्जिनी पार्क हुदै लामाचौर हुदै धार्मिक तथा ऐतिहासिक देवीघाट पुगेर पदयात्रा समापन भएको थियो ।

महाकवी देवकोटाले साहित्य सिर्जना गर्ने स्थल झिल्टुङलाई ग्रामीण साहित्य पर्यटनको केन्द्र बनाउने अभियान अभियान अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङ नुवाकोटले जनाएको छ । महाकवी देवकोटाले पहाडी जीवन र कुन्जिनी खण्ड काब्य झिल्टुङमा बसेर रचना गरेका थिए ।
प्रसिद्ध झिल्टुङको खड्कछाँपमा महाकवि देवकोटाको सालिक अनावरण गरिएको छ । बेलकोटगढी नपा ५ स्थित खड्कछाँपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण तथा कुण्जनी पार्कको उद्घाटन गरिएको हो ।

महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुड नुवाकोटको आयोजनाको भएको एक कार्यक्रमकाबीच बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसादले संयुक्तरुपमा शालिक अनावरण गरेका थिए । कार्यक्रममा विभिन्न श्रष्टा तथा साहित्यकाहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कलानिधी दाहाल, मदन नेपाल, बद्री उप्रेती, विनोद नेपाल, नारायण नेपाल, तथा पूर्ववडा अध्यक्ष अनन्त नेपाल, समाजसेवी, मोहन नेपाल, वडासदस्य गोकर्ण नेपाल लगायतले रचना वाचन गर्नुका साथै नेपाली साहित्यको स्तर विकासमा महाकवी देवकोटाको योगदान उच्च रहेको वताए ।

कार्यक्रममा मेयर गुरुङले लक्ष्मीप्रसाद देवकोटाले झिल्ट्डको रमणीय क्षेत्रको बयान गरेको भन्दै पछिल्लो समय यसलाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न सकेको खण्डमा खड्काछापमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने बताए । मेयर गुरुङले साहत्यिको प्रवद्र्धनमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानले विशेष काम गरेको भन्दै नगरपालिकाले पनि यसको संरक्षण र सम्वद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा उपमेयर दाहालले साहित्य पर्यटनको विकासवाटै मानवको चेतनाकोसमेत स्तर वृद्धि हुने जनाए ।

महाकवी देवकोटाले साहित्य साधना गर्ने स्थल झिल्टुङलाई उचित रुपमा विकास र संरक्षण गर्ने योजनामा नपा क्रियाशील रहेको प्रतिवद्धता जनाए । कार्यक्रममा सहभागी सर्वसाधारण, समाजसेवी तथा बुद्धिजिवी एवम् साहित्यकारहरुले आआफ्ना रचना बाचन गरेका थिए । महाकवि देवकोटाले विसं १९९७ ताका झिल्टुङको सोही स्थानमा मामा ससुराली घरमा झण्डै दुई महिना बसेर कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लखेको देवकोटाको पुस्तकममा झिल्टुङको खुलेर वर्णन गरिएको छ ।

सोही पुस्तककमा झिल्टुङको परिवेशलाई समेटेकोले सो स्थानमा स्थानीय अगुवाहरुको सक्रियतामा देवकोटा कुञ्जनी पार्क तथा देवकोटाको शालिक समेत निर्माण गरिएको प्रतिष्ठानका सचिव नारायण नेपालको भनाई छ । नवनिर्मित शालिक तथा पार्क निर्माणका लागि संघीय सरकारबाट १८ लाख रुपैया बजेट प्राप्त भएको र सो रकममध्ये १२ लाखको शालिक र ६ लाख रुपैया पार्क निर्माणका लागि खर्च गरिएको अध्यक्ष केदारप्रसाद नेपालले जानकारी दिए । सो स्थानमा पार्क तथा महाकवी देवकोटाको शालिक अनावरण भएसँगै आन्तरिक तथा बाह्र पर्यटक धेरै भित्रिने विश्वास गरिएको छ ।

त्रिदेशीय मार्गको वीरगन्ज–गल्छी –त्रिशूली सडकखण्ड अन्र्तगत कोल्पुटारबाट तीन किलोमिटर भित्रतर्फ पुर्व रहेको उक्त स्थान अत्यन्त रमणीय रहेको छ । उक्त स्थानबाट नुवाकोटको सदरमुकाम विदुरसहितका आसपासका क्षेत्र तथा लाङटाङ हिमालसहित अन्य हिमालहरुसम्मको दृष्याबलोकन गर्न सकिन्छ । सोही क्रममा झिल्टुङमा आएका साहित्यकाहरुलाई झिल्केश्वर कृषि सहकारी संस्थाका अध्यक्ष गोकर्ण नेपालले सम्मान गरे । सम्मानसंगै माझगाउँबाट साहित्यकाहरुको सहभागितामा पदयात्रा गरिएको थियो । माझगाउँँ हुँदै छापाबोट, ढिहीचौर हूँदै कुञ्जनी पार्कमा पुगेर पदयात्रा समापन भएको थियो ।













