बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको पांचखलेस्थित एक विद्यालय सन्चालनार्थ आयश्रोत जुटाउने उद्धेश्यले श्रीमदभागवत नवाह महापुराण लगाइएको छ । महापुराणमा नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।


वेलकोटगढी नगरपालिका ८ पांचखलेस्थित जनसेवा आधारभुत विद्यालयको आयश्रोत जुटाउने उद्धेश्यले उक्त स्थानमा बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव गरिएको हो । पहिले आठ कक्षासम्म पठनपाठन हुंदै आएको उक्र विद्यालयमा हाल कक्षा २ सम्म पठनपाठन भइरहेको छ ।

गत २०८० सालमा विद्यार्थी संख्या शुन्य रहेको विद्यालय गत २०८१ सालवाट पुनः सन्चालन भएको हो । विद्यालयमा हाल १९ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयको आयश्रोत वढाउने उद्धेश्यले सन्चालित भागवत महोत्सवमा कुल १३ लाख ६ हजार रुपैया संकलन भएको प्रधानाध्यापक दीपक नेपालले जानकारी दिए ।

उनका अनुसार धान, चामललगायतका जिन्सीसमेत संकलन भएका कारण त्यसको भण्डारण गरेर विवरण संकलन गर्ने कार्य भइरहेको छ । सात दिनसम्म पण्डित कपिलदेव भट्टद्वारा श्रीमद्भागवत कथा वाचन गरिएको विद्यालयका अध्यक्ष अध्यक्ष श्रीराम नेपालले जानकारी दिए ।

आमसर्वसाधारणको उल्लेख्य सहभागिता रहेको उक्त शैक्षिक भागवत महोत्सवको समापन गरिएको छ । समापनका अवसरमा वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले व्यक्तिगत रुपमा २५ हजार रुपैया विद्यालयका लागि प्रदान गरे ।

मेयर गुरुङले शैक्षिक क्षेत्रको विकासवाटै मानवमा सकारात्मक चेतनाको विकास हुने भएका कारण वेलकोटगढी नपालेसमेत विद्यालयका लागि छुट्टै आर्थिक सहयोग गर्ने वताए । विद्यालय सन्चालनार्थ ३३ हजार तीनसय ३३ रुपैया प्रदान गर्दै वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले शिक्षावाटै मानवले आफ्नो हरेक विकास गर्ने भएका कारण अंशवण्डा गर्नु नपर्ने र कसैलाई भाग दिनु नपर्ने शिक्षाको प्रवद्र्धनमा सवै समुदाय क्रियाशील हुनुपर्ने वताए ।













