बिदुरः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मुल्य भने यथावत राखेको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट आएको मूल्य समायोजन गर्दै चाडपर्वलाई मध्यनजर गरि पेट्रोलको मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रो १५८ र तेस्रोमा १५९ रुपैयाँ कायम भएको छ । नयाँ मध्यराति १२ बजे पछि देखि लागू हुने निगमले जनाएको छ । निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट वुधवार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २.५६ र डिजेलमा ०.२५ ले घटेर आएको निगमले जनाएको छ । निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखेको छ । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।






