बिदुरः नुवाकोटको पर्यटकिय स्थल दूधेलामामा आकर्षक सिढिवाटो निर्माण गरिएको छ । यसवाट सर्वसाधारणलाई सुविधा पुगेको छ ।
विदुर नगरपालिका–११ स्थित पर्यटकिय, धार्मिक एवं ऐतिहासिक दुधेलामा, कालिकासम्म पुग्न सिँढीवाटो निर्माण गरिएको छ । तीर्थालुहरुको आवागमनमा सुविधा पुगेको छ ।
सूर्यगढी गाउँपालिका–३ हुँदै उक्त स्थानमा जान सिँढीवाटो निर्माण गरिएको हो । नेपाल–तिब्बत युद्धकालमा शत्रुमाथि आक्रमण गर्न प्रयोग भएको सूर्यगढी, चन्द्रगढी, गेर्खुगढी, जितगढी र दुधेलामालाई एउटै मार्गमा जोड्ने उद्देश्यसहित तीनै तहका सरकारको लगानीमा सिँढी लगायत अन्य पूर्वाधार निर्माण कार्य भइरहेको छ ।






