बिदुरः विपन्न वालवालिकाहरुलाई शिक्षामा मद्धत गर्ने उद्धेश्यले नुवाकोटको पन्चकन्या गाउंपालिकामा रहेका सात वटा विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई एकैपटक विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । एकैपटक दुई सय भन्दा वढि वालवालिकाहरुलाई ति सामग्रीहरु हस्तान्तरण गरिएको हो ।


एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत पन्चकन्या गापाभित्रका सात वटा विदालयमा अध्ययनरत दुई सय चार जना विपन्न वालवालिकाहरु छनौट गरि उनीहरुलाई सात प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको हो । उदयजालपा माबि, मङ्गला माबि, सप्तकन्या आबि, मंगला आबि, पन्चकन्या मावि, देवकीधरम आबि र क्षेत्रपाल आबिमा अध्ययनरत ति बालबालिकाहरुलाई शैक्षिक सामग्री अन्तर्गत स्वेटर, स्पोट्र्स जुत्ता, मोजा, रेनकोट, ट्रयाकसुुटलगायतका सामग्री गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग वितरण गरिएको सहजकर्ता रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

विद्यार्थीहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्दै पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसीले यसवाट विद्यार्थीहरुमा अध्ययनप्रति उतसाह जागेको वताइन् । विद्या नै धन हो भन्ने मुल मर्म अनुसार वालवालिकाहरुलाई अध्ययनलाई पहिलो प्राथमिकता दिन उनले आग्रह गरिन ।









