बिदुरः सांढे १० वर्ष अगाडिको विनासकारी भूकम्पको कारण क्षतिग्रस्त भएको नुवाकोटको विभिन्न संरचनाहरुको पुर्ननिर्माण भइरहेको छ । पुर्ननिर्माणमा खटिएको चिनीया पक्षलाई विदुर नगरपालिकाले विभिन्न सहयोग गरिरहेको छ ।

विदुर नपा २ स्थित नुवाकोट टाकुरोमा रहेको साततले दरवार राष्ट्रिय संग्रहालयलगायतका विविध सम्पदाहरुको चीन सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको छ । तलेजु भवानी मन्दिर, साततले दरबार सहितको संरचनाको कार्य अघि बढाउन विदुर नपाले आवस्यक खानेपानी, विद्युत, गोदामस्थलसहित अन्य आवश्यक सहयोग उपलब्ध गराई पुर्ननिर्माण कार्यलाई सरल तथा सहज बनाइएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

मेयर श्रेष्ठसहितको टोलीले पुर्ननिर्माण भइरहेको स्थलमा पुगेर स्थलगत अवलोकन, निरीक्षण तथा चिनीया पक्षसंग अन्र्तक्रियासमेत गरेको छ । नुवाकोटको मात्रै नभई नेपालकै विशेषता वोकेको साततले दरवारलगायतका संरचना पुर्ननिर्माणवाट पर्यटकिय सम्भावना उजार हुने अन्र्तक्रियामा मेयर श्रेष्ठले वताए ।
छिमेकी चीन सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको ऐतिहासिक तलेजु (तुलजा)भवानीको मन्दिरको नव–निर्माणको कार्यका देखिएको समस्या समाधान गरेर कार्य अगाडि बढाउन विदुर नपाका मेयर राजन श्रेष्ठबाट स्थानीयबासी, चिनियाँ प्रतिनिधिलगायत सरोकारवालाहरुसंग आवश्यक सहजिकरणसहितको अन्र्तक्रिया गरिएको हो । नुवाकोट टाकुरो विदुरवजारचोकवाट ६ किलोमिटर उत्तरमा रहेको छ ।






