बिदुरः नुवाकोटको तारकेश्वर गाउँपालिकाले गापा अध्यक्षको सचिवालय हटाएको छ । जनतले गापा अध्यक्षसंग सिधै कामका कुराकानी गर्ने जनाइएको छ ।

गापा अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले सांढे तीन वयर्षदेखि सन्चालित अध्यक्षको सचिवालय वुधवारदेखि खारेज गरेको घोषणा गरेका छन् । गापा अध्यक्ष अधिकारीले सूचना जारी गर्दै असोज २२ गतेदेखि लागू हुने गरी तारकेश्वर गापा अध्यक्षको सचिवालय खारेज गरिएको जानकारी दिएका हुन् । “गाउँपालिकाको अध्यक्षसँग सम्पर्क तथा समन्वयको कार्य अब सिधै गाउँपालिका अध्यक्षको कार्यकक्षबाट सञ्चालन हुनेछ” सूचनामा भनिएको छ ।

अध्यक्षसंग गापाबासी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै सचिवालयमार्फत गरिदै आएको कामकाज अब सिधै अध्यक्षको कार्यकक्षबाट सञ्चालन हुने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । उक्त निर्णयले गाँउपालिकाको सेवा प्रवाह सरल, सहज हुने र सेवाग्राहीको गुनासो, सुझाब र सल्लाह सिधैँ अध्यक्षसंग राख्न सक्ने वातावरण तय हुने विश्वास लिइएको छ । अधिकारीको सचिवालयमा हाल दुई जना कार्यरत रहेका थिए ।






