बिदुरः नुवाकोटको टोखा–छहरे–विदुर सडकखण्डमा सोमवार दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

नुवाकोटवाट काठमाडौ प्रवेशको छोटो दुरीको टोखा–छहरे–विदुर सडकखण्डको वीचमा रहेको लिखु गाउंपालिका ३ गड्खार नजिकै मोटरसाइकल र कार एकआपसमा ठोक्किदा दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त सडकमार्गमा ढिकुरेवाट गड्खार जांदै गरेको वा७७प ३१५१ नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जांदै गरेको वा१०च ७४८१ कार एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घनामा मोटरसाइकल चालक र त्यसको पछाडि वस्नेसहित दुई जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।





