बिदुरः मोतियान्दिुका विरामीहरुको पहिचान गरि नुवाकोटको विदुरमा निःशुल्क आंखा शल्यक्रिया शिविर सम्पन्न गरिएको छ । यसवाट आंखाका विरामीहरुलाई सुविधा पुगेको छ ।

सदरमुकाममै मोतियान्दिुको शल्यक्रिया सेवा पाउंदा सर्वसाधारणको काठमाडौ जानु पर्ने वाध्यता र आर्थिक समेत वचत भएको छ । विदुरमा सन्चालित दुई दिने शिविरमा एकसय नौ जनाको आंखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको आयोजक रेडक्रमस नुवाकोटले जनाएको छ । तिलगंगा आँखा प्रतिष्ठान नेपाल आँखा कार्यक्रम, सामुदायिक आँखा केन्द्र नुवाकोट र नुवाकोट रेडक्रसको संयुक्त आयोजनामा सन्चालित शिविरमा एक सय नौ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको आयोजक रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विदुर नगरपालिका तथा पन्चकन्या गाउंपालिकाको विभिन्न ६ स्थानवाट छनौट गरि दुई दिनसम्म संचालन भएको शिविरमा एकसय नौ जनाको मोतियाबिन्दु र ७ जनाको मासु पलाएकोसमेत गरि एकसय १६ जनाको शल्यक्रिया गरिएको हो । शिविरमा तीलगंगा आंखा प्रतिष्ठानकी डा. कृपा जोशीसहित तीन जना चिकित्सकका साथ १५ जनाको आंखा प्राविधिक टोली दुई दिनसम्म परिचालित भएको थियो । शिविरमा सहभागीहरुलाई आंखाको उचित स्याहार गर्न र खानपानमा सतेतना अपनाउन आंखा प्राविधिकले परामर्शसमेत दिएका छन् । शिविरमा आएका अन्यहरुको आंखाको परिक्षणसमेत गरिएको थियो ।





