बिदुरः नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका स्वास्थ्यकर्मीहरुलाई जोखिम नियन्त्रण र सावधानीसम्वन्धि सचेतना प्रदान गरिएको छ । यसवाट अस्पतालमा उपचार सेवाको सहजता हुने लक्ष्य रहको छ ।


विदुर नगरपालिका ९ वाघटार कोलोनीस्थित त्रिशूली अस्पतालमा आगलागी नियन्त्रण गर्ने तरिका र सावधानीका सम्वन्धमा स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रशिक्षण दिइएको हो । फायर एक्स्टिङ्गुइशर सिमुलेसन कार्यक्रम अन्र्तगत उक्त प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ । कार्यक्रममा अस्पतालका सुरक्षाकर्मीदेखि कर्मचारीसम्मलाई आगलागी नियन्त्रण गर्ने तरिका र सावधानीबारे आवस्यक सचेतनामुलक तालिम प्रदान गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले जानकारी दिए । नुवाकोट, रसुवा र धादिङको् उत्तरी भेगका विरामीहरुको उपचार हुदै आएको त्रिशूली अस्पतालमा आकस्मिक र वहिरंग गरि दैनिक रुपमा चारसय वढि विरामीहरुको उपचार हुदै आइरहेको छ ।

६१ वर्षदेखि सेवा पु¥याउंदै आएको त्रिशूली अस्पताल नुवाकोटमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई फायर एक्स्टिङ्गुइशर सिमुलेसनका विशेष प्राविधिकहरुले तालिम प्रदान गरेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । डा. लामाले यस प्रकारका तालिमले आकस्मिक जोखिमपूर्ण अवस्थामा सजग रहन, उचित कदम चाल्न र क्षति न्यूनीकरणमा मद्दत पुग्ने बताए । आगलागी निभाउने र सावधानी) अस्पतालको सम्पूर्ण विभागिय प्रमुख र कर्मचारीहरूबीच अन्र्तक्रियाका साथै प्रयोगात्मक अभ्याससमेत गरिएको थियो । कार्यक्रममा अस्पतालका सहभागीहरूलाई आगलागी नियन्त्रण गर्ने विधिका साथै अस्पतालको प्रभावकारी सेवा सहजताका विषयमा जानकारी गराइएको थियो ।






