विदुरः नुवाकोटको तारकेश्वर गाउँपालिकामा ज्येष्ठ नागरिकसंग गापा अध्यक्ष कार्याक्रम सन्चालन भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको उक्त कार्यक्रम अन्र्तगत गाउंटोलमै पुगेर वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको छ ।

यससंगै ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्षसँग कार्यक्रम एकैसाथ सन्चालन भएको छ । तारकेश्वर गापामा रहेका ६ वटा मध्ये वुधवानरवारसम्म दुई वटा वडामा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ । तारकेश्वर १ र ६ मा उक्त कार्यक्रम सम्पनन भइसकेको छ भने यहि असोज १ज्ञ गतेभित्र वांकी वडामा कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका अनुसार प्रत्येक वडा कार्यालयवाट उक्त सेवा प्रदान भइरहेको तारकेश्वर गापा कार्यालय दाङसिङिले जनाएको छ । कार्यालयका अनुसार ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रमले गापा अध्यक्षसंग ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुले विविध विषयहरुमाथि अन्र्तक्रिया गर्ने कार्य भइरहेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्शसमेत भइरहेको र यसलाई निरन्तरता दिइने गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ । उनका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण र ‘ ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सम्पन्न गर्न पञ्जीकरण र स्वास्थ्य शाखा क्रियाहील भइरहेको छ । मुख्य चाडपर्वलाई ध्यानमा राखी वडादसैंअघि नै उक्त भत्ता वितरण गर्न अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् । यसअघि विगतमा सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमासको भत्ता वितरण गर्ने समय असोज मसान्तसम्म हो ।
अध्यक्ष अधिकारीले अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई थप प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न सम्वन्धित शाखाहरुलाई थप निर्देशन दिएका छन् । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय र सहजीकरणका लागि सबै वडाका वडाध्यक्षहरूलाई आग्रह गरेका छन् । यसवाट समयमा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै उक्त गापाले प्रत्येक ३/३ महिनामा वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सन्चालन गरिएको हो । उक्त कार्य अन्र्तगत भत्ता वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्शलगायतका कार्यक्रम भइरहेका छन् ।






