विदुरः नुवाकोटको दुप्चेश्वर गाउंपालिकामा एक थान एम्वुलेन्स प्राप्त भएको छ । यसवाट ग्रामीणवासलिाई सुविधा पुगेको छ ।

काठमाडौं महानगरपालिकाद्वारा उक्त एम्वुलेन्स उपलव्ध गराएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए । दुर्गम स्थानीय तहहरुका लागि एम्बुलेन्स वितरण गर्ने निर्णय अनुसार नुवाकोटको दुप्चेश्वर गापाले उक्त एम्बुलेन्स प्राप्त गरेको हो । यसवाट नुवाकोटको उत्तरपुर्वी भेगमा रहेका सर्वसधारणलाई सुविधा पुगेको छ ।

दुप्चेश्वरको केन्द्र समुन्द्रटारवाट मोटरमा सदरमुकाम विदुर एक घण्टा र राजधानी काठमाडौ सांढे दुई घण्टामा पुग्न सकिने स्थानयिवासी वताउंछन् ।





