बिदुरः नुवाकोटको पुरानो एक विद्यालयमा विद्यार्थी वस उपलव्ध भएको छ । विदुर नगरपालिका ३ फिर्केपमा रहेको रणभुवनेश्वरी माविको लागि भारत सरकारले स्कुल वस उपलव्ध गराएको हो ।


भारतीय राजदुतावास मार्फत रणभुवनेश्वरी माबिलाई उक्त बस प्राप्त भएको विद्यालयका अध्यक्ष गोविन्दलाल चित्रकारको भनाई छ । उनका अनुसार पुर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीको पहलमा उक्त स्कुल वस विद्यालयलाई निःशुल्क रुपमा प्राप्त भएको हो ।

वस उपलव्ध भएपछि विद्यार्थीलाई आवतजावतमा सुविधा पुगेको छ । वस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थी संख्या वढ्नेसमेत विद्यालयले अपेक्षा गरेको छ ।






