बिदुरः नुवाकोटका युवाहरुद्वारा स्थापित त्रिशूली यातायात प्रालिले चालकहरुलाई कानूनी सचेतनामुलक कार्यक्रम प्रदान गरेको छ । विश्वकर्मा पुजा गर्दै वुधवार चार्जिङ स्टेशनको सुरुवात र चालकलाई सचेतना प्रदान गरिएको हो ।

गत वर्ष स्थापित त्रिशूली यातायात प्रालिले आफ्नो मातहतमा रहेको विद्युतीय माइक्रोवसका चालकहरुलाई कानूनले प्रतिवन्धित गरेका सामानहरु, सडक दुर्घटना न्युनीकरण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम प्रदान गरेको हो । पुजाआजा गर्दै चालकहरुलाई सम्मानस्वरुप नगद दक्षिणासमेत प्रदान गरिएको त्रिशूली यातायात प्रालिका अध्यक्ष सन्तोष उप्रेतीले वताए । अध्यक्ष उप्रेतीले बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न चालकहरुलाई विभिन्न कानूनी जानकारीसहित अन्र्तक्रिया गरि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको बताए । उनले सडक दुर्घटना हुन नदिन अस्वस्थ्य प्रतिस्पर्धा नगरि जीउधनको सुरक्षामा लाग्नु पर्र्नेे बताए ।

समितिका सचिव नवीन राजभण्डारीले चाडपर्वको समयमा यातायातको साधनहरु धेरै गुड्ने भएकोले आवस्यक ध्यान दिनुपर्ने बताए । उनले समितिले आफ्ना उत्कृष्ट चालकहरुलाई सम्मान गर्ने नीति ल्याएकोसमेत बताए । कार्यक्रममा त्रिशूली यातायात प्रालिका कोषाध्यक्ष रोशन शाहलगायतले नियम विपरित सवारी चलाएर दुर्घटना गराए कानूनी कारवाही हुने हुँदा जिम्मेवार बन्न चालकहरुलाई आग्रह गरे । कसैले केही सामान ढुवानी गर्न आग्रह गरेमा उक्त सामानहरु कानूनले प्रतिवन्ध गरेको सामानसमेत हुनसक्ने भएकाले यसतर्फ सचेत रहनु पर्ने वताए ।
ढुवानी गर्न आग्रह गरेको सामानको अवस्था र वास्तविकताको विषयमा चालकहरु सदैव सचेत हुनुपर्ने वताए । चालककै कारण यातायात सेवा राम्रो र व्यवसायिक हुने भन्दै सबैको सामुहिक कार्यवाटै व्यवसाय सफल हुने बताए । उनले सवारी चालकहरुको उचित माग भए समितिमा उजुरी दिन समेत आग्रह गरे । कार्यक्रममा त्रिशूली यातायातमा आवद्ध भएका गाडी धनी र चालकहरुको सहभागिता रहेको थियो भने त्रिशूली यातायात प्रालिमा हाल २९ थान सवारी दर्ता भई संचालनमा रहेका छन् ।





