बिदुरः एनआईसी एशिया बैंकका ग्राहकहरूलाई नुवाकोटको एक होटेलमा छुट उपलव्ध गराएको छ । विदुर नगरपालिका ४ बट्टारस्थित बाजेको सेकुवामा ग्राहकहरुले छुट पाउने भएका हुन् ।

बैंकको वट्टार शाखा प्रमुख पुरुषोत्तम सापकोटा र बाजेका सेकुवा नुवाकोटको आधिकारीक कम्पनी नुवाकोट हस्पिटालिटि फुड्स प्रालिका प्रबन्ध निर्देशक पवन नेपालले संयुक्त रुपमा हस्ताक्षर गरि उक्त होटेलमा ग्राहकहरुले कुल विल रकममा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसंगै उक्र निर्णय कार्यान्वयन भएको छ । उक्त वैंकका ग्राहकहरले बाजेको सेकुवामा कुनै पनि खाना वा खाजाका परिकारमा खरिद गरेबापत ग्राहकले डेबिट वा क्रेडिट कार्ड वा डिजिटल भुक्तानीसंगै कुल विल रकमको ८ प्रतिशत छुट पाउने सम्झौता गरिएको वैंकको वट्टार शाखा प्रहुख पुरुषोत्तम सापकोटाले वताए ।

उक्त छुट आगामी २०८४ साल भदौ १० गतेसम्म रहने बैंकले जनाएको छ । वाल खेल मनोरजन्जन समेटिएको उक्त होटेल पांच वर्षदेखि सन्चालनमा रहेको छ ।





