बिदुरः जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएका दलहरुले नुवाकोटमा प्रशासनको ध्यानाकर्षण गराएका छन् । कांग्रेस, एमालेले सोमवार जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर आन्दोलनका क्रममा यहि भदौ २४ गते मंगलवार पार्टी कार्यालयमा आक्रमण गर्दा कार्यालय सन्चालन नै गर्न नसक्ने गरि तोडफोड र आगजनी गरेको जानकारी दिएका छन् ।

उनीहरुले प्रशासनमा प्रमुुख जिल्ला अधिकारी शशिधर घिमिरेसमक्ष अन्र्तक्रियासमेत गरेका छन् । यसअघि दलका केन्द्रीय तथा जिल्ला नेतृत्वले विदुरमा क्षतिग्रस्त कांग्रेस तथा एमाले पार्टी कार्यालयको स्थलगत अवलोकन गरेका छन् । क्षतिग्रस्त पार्टी कार्यालयको स्थलगत अवलोकन गरि जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले ध्यानाकर्षणसहित अन्र्तक्रिया गरेका हुन् । सहभागीहरुले सद्भावपुर्ण रुपमा अगाडि वढ्नु पर्ने समय आएको वताए ।

अन्र्तक्रियामा एमाले केन्द्रीय सदस्य तथा वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेले फिल्मीशैलीमा कार्यालयमा अक्रमण गरि ठुलो रुपमा भौतिक क्षति गरिएको वताए । उनले दोषी जोसुकै पनि भएपनि सरकारी निकायले पक्राउ गरि कारवाही गर्नु पर्ने वताए । एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्व राज्यमन्त्रि वद्री मैनालीले सरकारी निकायकै सामुन्ने पार्र्टी कार्यालयमा आक्रमण हुनु दुःखद भएको वताए । मैनालीले दोषीलाई पक्राउ गरि कारवाही गरिनु पर्ने वताए ।
कांग्रेस नुवाकोटका उपसभापति राजु थापाले जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा अन्य तत्वले अक्रमण, तोडफोड र आगजनी गरेको वताए । थापाले भौतिक सम्पत्तिमाथि आक्रमण हुनु निन्दनीय भएको वताए । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आन्दोलनका क्रममा नुवाकोटमा पनि विभिन्न घटना भएको र यसको अनुसन्धान भइरहेको वताए । उनले दोषीलाई कानुन अनुसार कारवाही गरिनेसमेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, वागमति प्रदेश सदस्यहरु काशीराज अधिकारी, वलराम आचार्य, प्रल्हाद प्याकुरेल, जिल्ला कमिटि उपाध्यक्ष राजेन्द्ररमण खनाल, सचिव शिवकुमार चित्रकार, उपसचिव राजेन्द्रप्रकाश पाण्डे, राष्ट्रिय युवा संघका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियुका अध्यक्ष अनिश प्याकुरेललगायतले आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरुलाई सरकारले कारवाही गर्नुपर्ने वताए । यसअघि, कांग्रेस र एमालेका न्ेता, कार्यकर्ताहरुले क्षतिग्रस्त पार्टी कार्यालयको स्थलगत अनुगमन गरेका थिए ।





