बिदुरः पुर्वमन्त्रि तथा नेकपा (माओवादी केन्द्र)का तत्कालीन उपाध्यक्ष स्व. पोष्टवहादुर वोगटीलाई सोमवार उनको गृहजिल्ला नुवाकोटवासीले सम्झिएका छन् । श्रमजीवि नेताको पहिचान वनाएका स्व. . बोगटी को ११औं स्मृति दिवस नुवाकोटको विभिन्न स्थानमा मनाउंदै उनको योगदान सम्झिइएको छ ।

पोष्टवहादुर वोगटी स्मृति पार्क पिपलटारमा माओवादी केन्द्रीय सदस्य तथा पुर्व मन्त्री हितबहादुर तामाङले उनको योगदानको प्रशंसा गरे । वागटी जनपक्षिय, विकासवादी तथा सुधारवादी नेता भएको तामाङले वताए । तामाङले वोगटीको कार्यको स्मरण गर्दै अव उनको कार्य उद्धेश्य पुरा गर्ने योजना अनुुसार परिचालित हुने समेत आएको वताए ।
कार्यक्रममा संविधान सभा सदस्य तथा स्व. वोगटी पत्नी राममाया वोगटी, वागमति प्रदेश सभा सदस्य राधिका तामाङ, पुर्व वागमति प्रदेश सभा सदस्य तथा माओवादी नेता हिरानाथ खतिवडा, जिल्ला संयोजक पुष्प लामिछाने, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले स्व. वोगटीले देशमा पु¥याएको योगदानको स्मरण गरेका थिए ।
विदुर नगरपालिका वडा न–५ पिपलटारस्थित पोष्टबहादुर बोगटी स्मृति पार्कमा स्व. नेता वोगटीको स्मृति सभामा जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैवीच, भदौ २४ गतेको जेन्जी युवाहरुको प्रदर्शनको क्रममा उक्त स्थानमा रहेको स्व. वोगटीको पुर्णकदको शालिकमा आक्रमण गरि तोड्फोड गरि पुर्ण क्षति पु¥याएका छन् ।
११ वर्ष अघि दिवंगत भएका सादगी, निष्कलंकित एवं आदर्श नेताको शालिक माथि आक्रमण गरेर आक्रमणकारीले सामान्य मानवीय मुल्य–मान्यता, आदर्श र बिबेक र जेन्जी आन्दोलनको मर्ममाथी पनि प्रहार गरेको माओवादी केन्द्र नुवाकोटले जनाएको छ । शालिक र संरचना तोडफोड गर्नु वास्तविक आन्दोलनकारी हुन नसक्ने माओवादीले जनाएको छ ।
माओवादीभित्र समन्वयकारी तथा निष्ठावान् नेताका छवि बनाएका बोगटीको गत २०७१ साल भदौ ३० गते ६१ वर्षको उमेरमा असामयिक निधन भएको थियो । हाल स्व. वोगटीकी धर्मपत्नी राममाया र छोरी प्रभा दुवै जना राजनीतिमा सक्रिय छन् ।





