बिदुरः चीनको लेन्देखोला हुदै आएको अकल्पनिय वाढीले क्षतिग्रस्त वनाउन रसुवागढी नाका धमाधम पुर्ननिर्माण भइरहेको छ । चीनिया पक्षले रसुवागढीको लेन्देखोलामा संरचना राखेर अस्थायी रुपमा सन्चालन गरेको छ । नेपाल–चीन प्रवेशका लागि सवैभन्दा छोटो दुरीमा रहेको रसुवागढी नाका गत असार २४ र साउन १४ गते आएको अकल्पनिय वाढीले वगाएर तहसनहस वनाएको थियो । चीनले दुई महिनामा अस्थायी रुपमा उक्त नाकाको संरचना तयार गरेको छ ।

पुल निर्माणका लागि राखिएको संरचनावाट आवतजावत गरि पुर्ननिर्माण कार्य भइरहेको छ । यससंगै रसुवागढी नाका अस्थायी रुपमा सन्चालन भएको छ स्याफ्रुवेशीवाट १५ दशमलव पांच किलोमिटर दुरीमा रहेको रसुवागढी नाकामा चिनीया पक्षले दैनिक रुपमा आवस्यक हेभि इक्युपमेण्टसहित एकसय जना प्राविधिकमार्फत उक्त कार्य गरिहेको प्रत्यक्षदर्शीहरुको भनाई छ । नेपालतर्फ दुई वटा हेभि इक्युपमेण्टसहित केहि कामदार खटिएको र उनीहरुका लागि आवस्यक सहजीकरणको कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवागढी नाका सन्चालन हुंदा दैनिक रुपमा सरदर तीन करोड रुपैया राजश्व संकलन हुदै आएको थियो । उक्त नाकामा १२ वर्ष अगाढि चीनले वनाएको पुल नै भीषण वाढीले वगाएपछि चीनले अस्थायी रुपमा पुर्ननिर्माण गरिरहेको छ । नेपाल–चीन सिमाना रसुवागढीमा निर्माणािधन बेलीब्रिजको काम चीनले नेपालतर्फ पनि सुरु गरेको रसुवाका प्मुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । उनका अनुसार अस्थायी रुपमा वेलिव्रिज सनचालन भएपछि नाकामा चहलपहल वढ्ने अपेक्षा गरिएको छ ।

बाढीले नेपाल–चीन सीमा जोड्ने पक्कि मोटरेवल पुल नै बगाएपछि विकल्पमा उक्त स्थानमा चिनीया पक्षले बेलीब्रिज निर्माणका लागि विभिन्न संरचनजा तयार गरिरहेको छ । सुरक्षाकर्मीको निगरानीमा दुवैतर्फको काम द्रुत गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाल र चीनको सिमाना रसुवागढीमा निमार्ण हुन लागेको बेलीबृज निमार्णको काम चीन सरकारले आज बाट नेपाल तर्फ पनि सुरु गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
चीनतर्फको अस्थायी संरचनाको निर्माण गर्दै लेन्देखोलामा ह्युमपाइप राखेर डाइभर्सन तयार गर्दै चिनियाँ कामदार नेपालतर्फ कार्य गरिरेहका छन् । यससंगै नेपालतर्फको काम पनि तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको प्रजिअ पन्थीको भनाई छ । सम्भवत वडादशैं वा तिहारसम्ममा वेलिव्रिज सन्चालन हुने नेपाली पक्षले अनुमान गरेको छ । ह्युमपाइप राखेर अस्थायी संरचना वनाएसंगै छिमेकी चीनको केरुङमा रहेका नेपाली कामदारहरु धमाधम नेपाल फर्किएका छन् ।
भीषण बाढीले क्षति पु¥याएको त्रिदेशिय मार्ग अन्र्तगतको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड एकतर्फि रूपमा सञ्चालनमा आएको छ । सचेत भएर आवतजावत गर्न सम्वन्धित निकायले सजग गराएको छ ।





