बिदुरः गाउंवासी सर्वसाधारणको सुविधाका लागि नुवाकोटको चारघरेमा गाउंघर क्लिनिक सन्चालन गरिएको छ । यसवाट गाउंवासीले सुविधा पाएका छन् । विदुर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत चारघरे स्वास्थ्य चौकीद्वारा विदुर–१२, चारघरे भदुवारमा सञ्चालित गाउँघर क्लिनिकमार्फत एकैपटक ४९ जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

उक्त क्लिनिकमार्फत तीन सय १३ जना सम्भावित मधुमेहका बिरामी, ३७ जना सम्भावित उच्च रक्तचापका बिरामी, ३ तथा अन्य सेवाग्राहीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ । सम्भावित मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूलाई थप उपचार तथा व्यवस्थापनका लागि त्रिशूली अस्पतालमा पठाउने निर्णय गरिएको छ ।
यस किसिमका गाउँघर क्लिनिकमार्फत स्थानीयवासीहरूले प्राथमिक स्वास्थ्य सेवा आफ्नै टोल–छिमेकमा सहज र छरितो रूपमा सेवा प्राप्त गरेको विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिएका छन् । यस्ता क्लिनिकहरू अन्य वडाहरूमा समेत क्रमिक रूपमा सञ्चालन भइरहेको छ ।





