बिदुरः नेपालका विभिन्न कारागारबाट फरार भएका कैदीवन्दीहरु नुवाकोटमा धमाधम पक्राउ परेका छन् । विशेष गरि काठमाडौ र रसुवावाट फरार भएका कैदीवन्दीहरुलाई पक्राउ गरेर केन्द्रीय कारागार नुवाकोटमा राखिएको छ ।

जेनजीको प्रदर्शनको क्रममा भदौ २४ र २५ गते कारागारवाट फरार भएकामध्ये नुवाकोटवाट हालसम्म एकसय जना कैदीवन्दी पक्राउ गरेर चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटमा राखिएको हो । उनीहरुलाई विभिनन स्थानवाट पक्राउ गरेर कारगारमा राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाई छ ।
उनका अनुसार काठमाडौ, रसुवालगायतका कारागारवाट फरार भएका विभिन्न मुद्धामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदीवन्दीहरु नुवाकोटका विभिन्न स्थानवाट पक्राउ गरिएको हो । उनीहरुलाई विदुर नपा ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागारमा विशेष सुरक्षाका साथ राखिएको छ ।
केन्द्रीय कारागार नुवाकोटमा यसअघि नै सातसय ५० जना कैदीवन्दी रहखिएका थिए । उक्त कारागारमा शुक्रवार वेलुकी पनि अन्य स्थानवाट धमाधम फरार कैदीवन्दीहरु पक्राउ गरेर ल्याउने क्रम जारी रहेको छ ।





