बिदुरः जेनजी पुस्तामा आबद्ध समूहको आयोजनामा भएको बिरोध प्रदर्शनको क्रममा आगजनीले क्षतिग्रस्त नुवाकोटको विदुरस्थित एमाले जिल्ला कार्यालय सरसफाई गरिएको छ । आगजनी भएको चार दिनमा एमालेका नेता, कार्यकर्ताहरुले शुक्रवार विदुरस्थित पार्टी कार्यालय पुगेर सरसफाई गरेका हुन् ।

आन्दोलन र विरोध प्रदर्शनका क्रममा विदुर नगरपालिका ४ विदुरमा रहेको एमाले जिल्ला कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको थियो । आगजनीवाट ध्वस्त संरचनाको एमालेका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा जनसंगठनका अगुवाहरुले आगजनीले धवस्त स्थल सरसफाई गरेका हुन् ।
प्रहरीको मुचुल्का टोलीले मुचुल्का तयार गरेपछि कार्यालयको सफाई गरेका हुन् । सरसफाईमा एमाले केन्द्रीय सदस्य विन्दा ढुंगाना, वागमति प्रदेश कमिटि सदस्य सन्जु पण्डित, एमाले जिल्ला सचिव शिवकुमार चित्रकार, पुर्व उपाध्यक्ष वुद्धिवहादुर प्रधान, उपसचिव राजेन्द्रप्रकाश पाण्डे, नगर कमिटि अध्यक्ष सन्जिववहादुर श्रेष्ठ, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, किसान संगठनलगायत विभिन्न जनसंगठन र कार्यकर्ता तथा शुभेच्छुकहरुले सरसफाई गरेका हुन् ।





