बिदुरः कारागारै खाली गरेर फरार भएका रसुवा कारागारवाट एकैपटक फरार भएका वन्दीहरु समातिन थालेका छन् । उनीहरु भाग्दै गरेको अवस्थामा विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको हो ।

हडताल र नारावाजी गर्दै सदरमुकाम धुन्चेमा रहेका जिल्ला .कारागारबाट एकैपटक भागेका कैदीवन्दीमध्ये विभिन्न स्थानवाट पुनः नियन्त्रणमा लिइएको हो । भाग्दै गरेको अवस्थामा विहीवारसम्म विभिन्न स्थानवाट ६३ जना फरार कैदीवन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ ।

कारागारमा रहेका ९८ जना कैदीवन्दी नारावाजी गर्दै एकैपटक फरार भएका थिए । उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पचिालन भएकोमा राम्चे, धुन्चेलगायत विभिन्न स्थानवाट पुनः नियन्त्रणमा लिइएको प्रजिअ पन्थीले वताए ।

सुरक्षा निकायका अनुसार बाँकी फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ । यसैैवीच, सर्वसाधारणलाई सतर्क रहन र यस सम्वन्धि कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको प्रजिअ पन्थीको भनाई छ ।





