बिदुरः नुवाकोटको कुलमटारको एकसय ५० रोपनी जग्गामा सिंचाई सुविधा भएको छ । सिंचाइका लागि आवस्यक पाइप बिदुर नगरपालिकाले उपलव्ध गराएको थियो ।

विदुर नपा ३ कुमलटारमा रहेको कुमलटार सिंचाईका लागि नपा कार्यालयले तीनसय ५० मिटर लम्वाइको पाइप प्रदान गरेपछि किसानहरुको वांझो रहेको जमिनमा सिंचाई सुविधा पुगेको स्थानीयवासीले वताए । सिंचाइको अभावमा किसानहरुलाई खेति गर्न समस्या परेको कारण बिदुर नपाले सिंचाईका लागि ५० एमएमको तीनसय ५० मिटर लामो पोलिथिन पाइप उपलव्ध गराएको विदुर ३ का वडाध्यक्ष वद्रीप्रसाद रिमालले वताए ।
उक्त पाइप जडान गरि सांदीखोलाको पानी ल्याएर स्थानीय एकसय घरधुरीको एकसय ५० रोपनी खेतवारीमा सिंचाई सुविधा पुगेको रिमालको भनाई छ । यसवाट कुमलटार क्षेत्रका किसानहरूको खेतवारीमा आवश्यक समयमा पानी पु¥याउन सहज भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
यसवाट कृषिमा आत्मनिर्भरता, उत्पादनमा वृद्धि र किसानको जीवनस्तर उकास्न दीर्घकालीन सहयोग पु¥याएको उनको विश्वास छ । उक्त स्थानमा स्थानयिवासीले निर्माण गरेको सिंचाई पोखरीमा बितेको ३० बर्सदेखि कुलोबाट पानी ल्याई उपभोक्ताले उपभोग गरि रहेकोमा हाल आएर कुलो जीर्ण भई सिंचाईमा समस्याका साथै जोखिम आएपछि वडाध्यक्ष रिमाललगायतका स्थानयि किसानले विदुर नपावाट सिंचाइका लागि पाइप उपलव्ध गराउन मेयर राजन श्रेष्ठसंग माग गरेका थिए ।





