विदुरः रसुवा कारागारमा हड्ताल गरि कैदीवन्दीहरु निस्केका छन् । कारागारका सवै कैदीवन्दी निस्केको प्रशासनले जनाएको छ ।

सदरमुकाम धुन्चेस्थित रसुवा जिल्ला कारागारमा रहेका कैदीहरूले हड्ताल गर्दै वुधवार कारागारबाट फरार भएको प्रशासनको भनाई छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार कारागारवाट ९८ जना कैदीवन्दी फरार रहेका हुन् ।
कफ्र्युको समयमा नै कैदीबन्दीहरूले नारावाजी गर्दै कारागारवाट फरार भएको प्रत्यक्षदर्शीहरुले वताए । फरार भएकामध्ये केहिलाई सुरक्षाकर्मीहरूले नियनत्रणमा लिएको जनाइएको छ ।
फरार भएका वन्दीहरुको खोजी कार्य भइरहेको रसुवा प्रशासनले जनाएको छ । रसुवा कारागारमा रहेका कैदीबन्दीहरु नारवाजी गर्दै झोलासहित फरार भएका हुन् ।





