विदुरः काम गर्नेक्रममा घाइते एक जना अशक्तलाई सहायक सामग्री प्रदान गरिएको छ । यसवाट घाइते अशक्तलाई सुविधा पुगेको छ । विदुर नगरपालिकाले सामाजिक प्रवद्र्धन कार्यक्रम अन्र्तगत अशक्त घाइते राजकुमार कुमाललाई एक थान व्हिलचेयर प्रदान गरेको हो ।

बिदुर नपाका मेयर राजन श्रेष्ठले उक्त व्ह्लिचेयर कुमालका परिवारलाई हस्तान्तरण गरे । व्ह्लिचेयर हस्तान्तरणमा उक्त बिदुर ४ का वडाध्यक्ष नीलमवावु ढुंगेल, विदुर ६ का वडा सदस्य रामचन्द्र पौडेलको सहभागिता थियो । व्ह्लिचेयर पाएसंगै कुमालले त्यसमै वसेर दैनिक गतिविधि गरिरहेका छन् ।





