बिदुरः नुवाकोटको विदुरमा जेनजीहरुले मंगलवार जुलुशसहित प्रदर्शन गरेका छन् । जुलुसहितको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडपसमेत भएको छ ।

वट्टारवजारवाट विभिन्न नारा लगाउंदै अगाडि वढेको जुलुशले सरकारी पक्षले आन्दोलनमा दमन गरेको जनाउंदै आक्रोशित भीडले विदुरस्थित कांग्रेस र एमालेको जिल्ला कार्यालयमा आक्रमण गरि तोडफोडसहित आगजनी गरेका हुन् । देशमा अव परिवर्तन आवस्यक रहेको जनाउंदै उनीहरुले विभिन्न सरकारी कार्यालयमा प्रवेश गरि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रि केपी शर्माओलीको फोटो निकालिदिएका हुन् ।

नारा लगाउंदै अगाडि वढ्ने क्रममा विदुरस्थित मुख्य चोक र जिल्ला प्रशासनको मुल ढोकामा प्रदर्शनकारी र सुरक्षाकर्मीवीच झडपसमेत भएको छ । आक्रोशित प्रदर्शनकारीहरूले विदुर नपा ४ विदुरमा रहेको पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिहं केसीको पक्कि घरमा आक्रमण, तोडफोड र आगजनी गरेका छन् ।
त्यसअघि प्रदर्शनकारीले विदुर नपा २ स्थित कांग्रेसको पक्कि जिल्ला कार्यालय र विदुर ४ विदुरमै रहेको एमाले जिल्ला कार्यालयमा प्रवेश गरि आक्रमण, तोडफोड र आगजनी गरेका हुन् । विदुर मुल सडकमै रहेको माओवादीको जिल्ला कार्यालयमा आक्रमण गरि वाहिर सडकमा ल्याएर कागजपत्रसहित विभिन्न सामग्रीमा आगजनी गरेका छन् ।

प्रर्दशनकारीहरुले विदुर नपा ४ वट्टारस्थित रास्वपाको जिल्ला कार्यालयमासमेत आक्रमण गरे । उनीहरुले कार्यालयमा आक्रमण गरि कागजपत्र र सामग्रीहरु वाहिर ल्याएर जलाएको प्रहरीले जनाएको छ । कांग्रेस, एमालेका जिल्ला कार्यालय र कांग्रेस नेता अर्जुननरसिंह केसीको विदुरस्थित निवासमा आगजनी भएकोमा दमकल लगाएर सुरक्षाकर्मीसहित, सर्वसाधारणले आगो निभाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीवीच धरपकड हुंदा प्रहरी अधिकृतसहित केहि प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले नुवाकोटमा जुलुश, तोडफोड र आगजनी गरेका हुन् । नुवाकोटकै विभिन्न स्थानमा प्रर्दशन गरिए पनि मंगलवार वेलुकीदेखि स्थिती सामान्य रहेको डिएपि लामाले वताए ।

जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि मंगलवार नुवाकोटमा पनि आन्दोलनको चाप बढेको हो । आक्रोशित भीडले सदरमुकाम विदुरमा दलका जिल्ला कार्यालयहरु र प्रतिनिधि सभाका सांसदको घरमा आक्रमण, तोडफोड र आगजनी गरेका हुन् ।







