बिदुरः नुवाकोटको विदुर नगरपालिकाले संस्कृति संरक्षण कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत संस्कृति, पहिचान, ऐतिहासिक परम्पराको संरक्षणको उद्धेश्यले कोलोनमिा लाखे नांचका लागि आवस्यक विभिन्न सामग्रीहरु प्रदान गरिएको छ ।

बिदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपा–९ कोलोनको लाखे टोलीलाई परम्परागत साँस्कृतिक पर्व लाखे जात्रा सञ्चालनको लागी अत्यावश्यक रहेको सामग्रीहरु हस्तान्तरण गरे । उनले स्थानीय मौलिकता, पहिचान र संस्कृति सम्पत्ति भएका कारण त्यसलाई जगेर्ना गर्नु पर्ने वताए ।
लाखे नांचको लागि आवस्यक तीन थान बाजा, तीन सेट झ्याली, तीन थान लाखेको कपाललगायत सात प्रकारका सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सर्वसाधारण तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





