बिदुरः सांढे तीन दशक पुरानो नुवाकोटको विदुर नगरपालिकामा पर्यटकिय स्थल व्यवस्थापन कार्यक्रम सन्चालन गरिएको छ । सहकार्यवाटै नगरको व्यवस्थापन र सौन्दर्यको कार्य गरिने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।
विदुर नपामा “पर्यटन स्थल, पार्क तथा सार्वजनिक शौचालय व्यवस्थापन” सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा पर्यटकिय स्थलहरूको संरक्षण र प्रवद्र्धन, पार्कहरूको हरियाली तथा पूर्वाधार विकास, सार्वजनिक शौचालयहरूको संख्या वृद्धि र मर्मत–सम्भार, साथै व्यवस्थापन तथा निगरानी समिति गठन सम्बन्धि सहमति जुटेको छ । कार्यक्रममा मेयर राजन श्रेष्ठले नगरको विकास आवस्यकता, पर्यटन प्रवद्र्धन, सौन्दर्यता र दीर्घकालनि गुणस्तरिय रुपमा गरिने वताए । कार्यक्रमा उमपेयर प्रभा बोगटीले विदुर नपा नुवाकोटको मात्रै नभई देशकै ऐतिहासिक, धार्मिक, पर्यटकिय नगर भएका कारण जनचाहना अनुसार आफुहरुले कार्यक्रम गर्ने वताइन् ।


कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेलिन रंजित, २ का वडाध्यक्ष दीपक कायस्थ, ज्यू, ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, ९ का वडाध्यक्ष हरेराम भण्डारी, १० का वडाध्यक्ष गणेशकुमार नेपाल, ११ का वडाध्यक्ष बाबुराम तामाङ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद प्याकुरेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय समुदायका अगुवा तथा सरोकारवालाहरूकोसहभागिता रहेको थियो । लगत्तै नुवाकोटको देवीघाटस्थित पृथ्वी स्मारकको व्यवस्थापन र सौन्दर्यको लागि स्थलगत अवलोकन तथा अनुगमन भएको छ ।
विदुर नपाका प्राविधिकसहित विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेको टोलीले ऐहिासिक पृथ्वी स्मारकमा थप सौन्दर्यकरण आवस्यक रहेको जनाएको छ । उक्त स्थान नुवाकोटको त्रिदेशिय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी तथा पासाङल्हामु मार्गसंग जोडिएका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन वढिरहेको वडाध्यक्ष न्यौपानेको भनाई छ ।





