बिदुरः जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा हताहती भएको छ । घाइतेको सरकारले निःशुल्क उपचार गर्ने भएको छ भने घाइतेहरु असंख्य रहेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सोमवार उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा वेलुकीसम्म धेरै जनाले ज्यान गुमाएका छन् । धेरै जना घाइते भएका छन् ।
समाचार श्रोतहरुका अनुसार १६ जनाले ज्यान गुमाएका छन् । ८० जना भन्दा वढि घाइते भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाले त्यहीँ ज्यान गुमाएका थिए भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १६ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको जनाइएको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका धेरै घाइते भएका छन् । उनीहरूको विवरण आउने क्रम जारी रहेको छ । घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । सोमवार वेलुकीसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । स्थितीलाई सहज वनाउन काठमाडौका मुख्य सडकहरुमा नेपाल िसेनासमेत खटिएको छ । सेनाको टोलीले विभिन्न स्थानमा पैदल तथा यातायातमार्फत गस्ती गरेको छ ।
विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । प्रहरी टोलीले विभिन्न अस्पतालमा मृतकहरुको मुचुल्का उठाउँदै छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरुमा धेरै जसोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
हालसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको समाचारहरुमा जनाइएको छ ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी समेत घाइते भएका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र देशमा भ्रष्टाचार वढेको जनाउंदै त्यस विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । काठमाडौलगायत देशका अन्य स्थानमासमेत प्रदर्शन गरिएका छन् ।
सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ । भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको जनाएको छ ।
सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको दावी गरेको छ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवनमा ठुलो प्रदर्शन भएको हो ।
उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ झण्डै ८० जना घाइते भएका छन् । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
उता, जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको थियो । इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कफ्र्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए ।
जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कफ्र्यु लगाइएको बताइएको छ । आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए ।
सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्नेः
सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो ।
मन्त्रालयले जेनजीको प्रदर्शनमा घाइते भएका सबै नागरिकलाई निःशुल्क उपचार गर्ने सर्कुलर जारी गरेको छ । मन्त्री प्रदीप पौडेलको अग्रसरतामा संघीय अस्पतालहरूलाई आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचार गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन र चिकित्सकहरूलाई घाइतेको उपचारमा एकजुट हुन आह्वान गरेको छ । यसैगरी, मन्त्रालयले उपचार सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।





