बिदुरः नुवाकोटको विदुरमा रहेको सामुदायिक पार्कमा संरचना निर्माणार्थ आर्थिक सहयोग प्रााप्त भएको छ । सोही क्रममा सामुदायिक अगुवाहरुलाई वित्तिय साक्षरतासमेत प्रदान गरिएको छ ।

विदुर नपा २ स्थित सदरमुकाम विदुरमा रहेको सामुदायिक पार्कमा ट्रष्ट निर्माणार्थ शिखर इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाले आर्थिक सहयोग प्रदान गरेको हो । विदुरमा आयोजित कार्यक्रममा शनिबार कम्पनीका शाखा प्रमुख सुरेन्द्र राईले पार्कका अध्यक्ष सुमन श्रेष्ठलाई ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा कम्पनीका शाखा प्रमुख राईले कम्पनीको सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत शारिरीक रुपमा स्वास्थ्य रहनको लागि गरिने व्यायाम गर्न पार्कमा आउनेहरुको सहजताको लागि कम्पनीले आर्थिक सहयोग गरेको बताए । सोही अवसरमा सामुदायिक क्षेत्रमा अगुवाहरुलाई एक दिने वित्तिय सचेतनासमेत प्रदान गरिएको छ ।
कार्यक्रममा पमुख राईले बीमा सम्बन्धि सहभागीहरु उठेका सवालहरुको जवाफ तथा अन्र्तक्रिया गरेका थिए । सहभागीहरुलाई उनले जीवन र निर्जिवन बीमा सम्बन्धि जानकारी गराएका थिए । विदुर नगरपालिकाको १३ वटै वडाका सामुदायिक विद्यालयका विद्यार्थीहरु, खानेपानी उपभोक्ता समितिका सदस्यहरु, कर्मचारीहरुललायतको बीमा गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राजेन्द्र पाण्डे, लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सचिव नवराज पाण्डे, विदुर सिटी युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठलगायत विदुरमा सामुदायिक युवा, सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।





